+
+

टी-२० विश्वकपः यस्तो छ चार टिमको सेमिफाइनल यात्रा

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २२ गते ११:४५

२२ कात्तिक, काठमाडौं । अष्ट्रेलियामा भइरहेको आईसीसी टी-२० विश्वकप क्रिकेटको सेमिफाइनलमा न्युजिल्याण्ड र पाकिस्तान तथा भारत र इंग्ल्याण्डबीच प्रतिस्पर्धा तय भइसकेको छ ।

न्युजिल्याण्ड र पाकिस्तानबीच पहिलो सेमिफाइनलमा बुधबार सिड्नीमा हुनेछ भने भारत र इंग्ल्याण्डबीचको दोस्रो सेमिफाइनल बिहीबार एडिलेडमा हुनेछ । दुवै सेमिफाइनल खेलका लागि ‘रिभर्ज डे’ पनि राखिएको छ ।

समाचार संस्था एएफपीले सेमिफाइनल पुगेका चार टिमको यात्राबारे तयार पारेको सामाग्री

न्युजिल्याण्ड

दी ब्ल्याक क्याप्स उपनामले चिनिने न्युजिल्याण्डले पहिलो खेलमै साविक विजेता तथा आयोजक अष्ट्रेलियालाई ८९ रनले पराजित गर्दै प्रतियोगितामा शानदार सुरुवात गरेको थियो ।

अफगानिस्तान विरुद्धको दोस्रो खेल वर्षाका कारण रद्ध भयो । तर, त्यसले खासै असर गरेन । तेस्रो खेलमा ग्लेन फिलिप्सले ६४ बलमा १०४ रन प्रहार गर्दा श्रीलंकालाई पराजित गर्‍यो । त्यसपछि इंग्ल्याण्ड विरुद्ध १८० रनको लक्ष्य पछ्याएको न्युजिल्याण्ड पराजित भयो । अर्को खेलमा कप्तान केन विलियम्सनले उत्कृष्ट ब्याटिङ गर्दै ६१ रन बनाएपछि सुपर १२ को अन्तिम खेलमा आयरल्याण्डलाई हरायो ।

गत संस्करणको उपविजेता न्युजिल्याण्डले प्रतियोगिताअघि उपाधि दाबेदार रहेको अष्ट्रेलिया र इंग्ल्याण्डलाई पछि पार्दै सुपर १२ अन्तर्गत ग्रुप वान को शीर्ष स्थानमा रहेर सेमिफाइनलमा स्थान बनायो ।

न्युजिल्याण्डको नतिजा
अष्ट्रेलियाविरुद्ध ८९ रनले विजयी
अफगानिस्तानविरुद्धको खेल ‘वासआउट’
श्रीलंकाविरुद्ध ६५ रनले विजयी
इंग्ल्याण्डविरुद्ध २० रनले पराजित
बयरल्याण्डविरुद्ध ३५ रनले विजयी

पाकिस्तान

सन् २००९ को च्याम्पियन पाकिस्तानको सुरुवात राम्रो हुन सकेन । चीर प्रतिद्वन्दी भारतसँग अन्तिम बलको थ्रीलरमा पराजित भएको पाकिस्तान दोस्रो खेलमा जिम्बावेसँग अप्रत्यासित रुपमा स्तब्ध बन्यो ।

लगातार दुई खेल हारपछि पाकिस्तानको सेमिफाइनल यात्रामा धक्का लागेको थियो । नेदरल्याण्ड्सविरुद्ध जितपछि पाकिस्तान खेलमा फर्कने प्रयास गरेको थियो ।

त्यसपछि दक्षिण अफ्रिकामाथि शानदार जित निकाल्दै पाकिस्तानले सेमिफाइनलको आशा ब्यूँतायो । नेदरल्याण्ड्सले दक्षिण अफ्रिकालाई हराउनु पाकिस्तानको लागि सहज बनायो ।
बाबर अजामको टोलीलाई बंगलादेश विरुद्ध गर या मरको अवस्थामा रहेको अन्तिम खेल शाहिन शाह अफ्रिदीले उत्कृष्ट बलिङ गर्दै ४ विकेट लिएपछि जित निकाल्दै सेमिफाइनलमा स्थान बनायो ।

पाँच खेलमा जम्मा ३९ रन मात्र बनाएका ओपनर कप्तान आजामको लय पाकिस्तानको लागि चिन्ताकै विषयको रुपमा छ ।

पाकिस्तानको नतिजा
भारतविरुद्ध ४ विकेटले पराजित
जिम्बावेविरुद्ध १ रनले पराजित
नेदरल्याण्ड्सविरुद्ध ६ विकेटले विजयी
दक्षिण अफ्रिकाविरुद्ध ३३ रनले विजयी
बंगलादेशविरुद्ध ५ विकेटले विजयी

इंग्ल्याण्ड

जस बटलरको इंग्ल्याण्डले पहिलो खेलमा अफगानिस्तानलाई ११२ रनमा रोक्दै जितसहित प्रतियोगिताको सुरुवात गर्दा उपाधि दाबेदारको ट्यागलाई सही सावित गरेको थियो ।
तर, दोस्रो खेल वर्षाले प्रभावित हुँदा छिमेकी आयरल्याण्डसँग डकवर्थ लेविस पर्णालीका आधारमा ५ रनले पराजित भयो । त्यसपछि वर्षाकै कारण अष्ट्रेलिया विरुद्धको खेल टस नभई रद्ध भयो ।

त्यसपछि इंग्ल्याण्डले न्युजिल्याण्डलाई पराजित गर्दै लयमा फर्कियो । स्टार अलराउण्डर बेन स्टोक्सको अविजित ४२ रन मदतमा श्रीलंकाविरुद्ध ४ विकेटको कठिन जित निकाल्दै सेमिफाइनलमा स्थान बनायो ।

बटलर र एलेक्स हेल्सले न्युजिल्याण्डविरुद्ध जितमा अर्धशतक प्रहार गरे भने बलरहरु साम करन, क्रिस वोक्स र मार्क उडले महत्वपूर्ण भूमिका निर्वाह गरे ।

इंग्ल्याण्डको नतिजा
अफगानिस्तानविरुद्ध ५ विकेटले विजयी
आयरल्याण्डविरुद्ध ५ रनले पराजित (डीएल प्रणाली)
अष्ट्रेलियाविरुद्धको खेल रद्ध
न्युजिल्याण्डविरुद्ध २० रनले विजयी
श्रीलंकाविरुद्ध ४ विकेटले विजयी

भारत
मेलवर्नमा ९० हजार दर्शकको अगाडि विराट कोहलीले उत्कृष्ट प्रदर्शन गरेपछि भारतले पाकिस्तानविरुद्ध १५९ लक्ष्य अन्तिम बलमा पूरा गरेको थियो । कोहलीले अविजित ८२ रन बनाएका थिए ।

कोहलीले जारी विश्वकपमा तीन अर्धशतक प्रहार गरिसकेका छन् । उनी टी-२० विश्वकप इतिहासमा सर्वाधिक रन बनाउने खेलाडी पनि बने । भारत सुपर १२ मा दक्षिण अफ्रिकासँग मात्र पराजित भयो ।

नेदरल्याण्ड्स, जिम्बावे र बंगलादेशलाई हराएर भारत सुपर १२ को ग्रुप २ मा विजेता बन्यो ।

टी-२० को विश्व नम्बर एक ब्याटर बनेका सूर्यकुमार यादवले पनि उत्कृष्ट ब्याटिङ गरिरहेका छन् । सूर्य भारतको मध्यक्रममा मुख्य हतियारको रुपमा छन् । भारतले सन् २००७ मा भएको पहिलो टी-२० विश्वकप जितेको थियो र १५ वर्षपछि अर्को उपाधि जित्ने लक्ष्यमा छ ।

भारतको नतिजा
पाकिस्तानविरुद्ध ४ विकेटले विजयी
नेदरल्याण्डसविरुद्ध ५६ रनले विजयी
दक्षिण अफ्रिकाविरुद्ध ५ विकेटले पराजित
बंगलादेशविरुद्ध ५ रनले विजयी
जिम्बावेविरुद्ध ७१ रनले विजयी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?