+
+

‘नबिल फ्लेक्सी क्याप फण्ड’ खुल्लामुखी म्युचुअल फण्ड निष्कासन आजदेखि

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २३ गते १३:४४

२३ कात्तिक, काठमाडौं । नबिल इन्भेष्टमेन्ट बै‌ंकिङले बुधबारदेखि सर्वसाधारण लगानीकर्ताका लागि ‘नबिल फ्लेक्सी क्याप फण्ड’ नामक खुल्लामुखी म्युचुअल फण्ड निष्कासन तथा बिक्री खुल्ला गरेको छ ।

नबिल इन्भेष्टमेन्ट बैंकिङले नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने गरी प्रति इकाइ मूल्य १० रुपैयाँ दरको कुल ७५ करोड रुपैयाँको ७ करोड ५० लाख इकाइ म्युचुअल फण्ड निष्कासन बिक्री खुला गरेको हो । ७५ करोड रुपैयाँ मध्ये बीज पूँजी वापत ११ करोड २५ लाख रुपैयाँ बराबरको १ करोड १२ लाख ५० हजार इकाई वा कुल निष्कासन गरिने इकाइ संख्याको न्यूनतम १५ प्रतिशत इकाइ मध्ये कोष प्रवद्धक नबिल बैंक र व्यवस्थापक नेपाल इन्भेष्टमेन्ट बैंकिङलाई सुरक्षित राखिएको छ ।

जसमध्ये १४ प्रतिशत अर्थात् १० करोड ५० लाख रुपैयाँले हुन आउने १ करोड ५ लाख इकाइ कोष प्रबर्द्धक नबिल बैंक र योजना व्यवस्थापक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई १ प्रतिशत अर्थात् ७५ लाख रुपैयाँ बराबरको ७ लाख ५० हजार इकाइ सुरक्षित राखिएको जनाएको छ । बाँकी ६३ करोड ७५ लाख रुपैयाँ बराबरको ६३ लाख ७५ हजार इकाइमध्ये प्रथम चरणमा सर्वसाधारणहरुमा ५० करोड रुपैयाँ बराबरको ५ करोड करोड इकाई सार्वजनिक रुपमा बिक्रीका लागि खुल्ला गरिएको जनाएको छ ।

सर्वसाधारण लगानीकर्ताले न्यूनतम १०० इकाइदेखि अधिकतम ७५ लाख इकाइसम्म आवेदन दिन सक्नेछन् । २३ कात्तिक बुधबारदेखि निष्कासन सुरु भएको फण्डमा लगानीकर्ताले छिटोमा २७ कात्तिकसम्म र ढिलोमा ७ मंसिरसम्म धितोपत्र बोर्डबाट आस्वा अनुमति लिएका बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरबाट आवेदन दिन सक्नेछन् । योजनाको निष्कासन तथा बिक्री प्रबन्धकको कार्य नबिल इन्भेष्टमेन्ट बैकिङले गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?