+
+

साडियो मानेले विश्वकप गुमाउने !

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २३ गते १६:५३

२३ कात्तिक, काठमाडौं । सेनेगल तथा बायर्न म्युनिखका फरवार्ड साडियो मानेले यही नोभेम्बर २० देखि कतारमा सुरु हुने फिफा विश्वकप गुमाउने सम्भावना बढेको छ ।

जर्मन बुण्डेसलिगा अन्तर्गत मंगलबार राती वेडर ब्रेमेनविरुद्धको खेलमा चोट लागेका लागेपछि मानेले विश्वकप गुमाउने भएका हुन् ।

उनको खुट्टामा चोट लागेपछि २० मिनेटपछि नै मैदान बाहिरिएका थिए । बायर्नले ६-२ ले जितेको खेलमा मानेलाई लरेय सानेले प्रतिस्थापन गरेका थिए ।
ला इक्विपेले मानेको खुट्टाको टेन्डममा चोट लागेको र उनी विश्वकपसम्म फिट नहुने जनाएको छ ।

सेनेगलका प्रशिक्षक अलीउ सिसेले शुक्रबार विश्वकपका लागि टोली घोषणा गर्ने कार्यक्रम छ जसमा मानेको नाम नपर्ने सम्भावना धेरै छ । मानेको चोट सेनेगलका लागि ठूलो झड्का हुन सक्छ ।

बायर्न र सेनेगल दुवैले मानेले विश्वकप गुमाउने बारे आधिकारिक जानकारी भने सार्वजनिक गरिसकेका छैनन् । मानेले सेनेगलका लागि ९२ खेल खेल्दै ३३ गोल गरेका छन् ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?