+
+
टी-२० विश्वकप :

न्युजिल्याण्डलाई हराउँदै पाकिस्तान तेस्रो पटक फाइनलमा

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २३ गते १७:२१

२३ कात्तिक, काठमाडौं । पाकिस्तान आईसीसी टी-२० विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । बुधबार भएको पहिलो सेमिफाइनलमा न्युजिल्याण्डलाई ७ विकेटले पराजित गर्दै पाकिस्तानले फाइनलमा स्थान बनाएको हो ।

सन् २००९ को च्याम्पियन पाकिस्तान १३ वर्षपछि र समग्रमा तेस्रो पटक टी-२० विश्वकपको फाइनल पुगेको हो । सन् २००७ मा भएको पहिलो संस्करण फाइनलमा भने पाकिस्तान भारतसँग पराजित हुँदै उपविजेता बनेको थियो ।

उपाधिका लागि पाकिस्तानले दोस्रो सेमिफाइनलमा भारत र इंग्ल्याण्डको विजेताबीच प्रतिस्पर्धा गर्नेछ । दोस्रो सेमिफाइनल खेल विहीबार हुनेछ ।

सिड्नीमा भएको सेमिफाइनलमा न्युजिल्याण्डले दिएको १५३ रनको लक्ष्य पाकिस्तानले १९.१ ओभरमा ३ विकेट गुमाएर पूरा गरेको हो ।

ओपनरद्वय मोहम्मद रिजवान र बाबर अजामले अर्धशतक प्रहार गरे । यो जोडीले पहिलो विकेटका लागि १०५ रनको साझेदारी गर्दै जितको आधार तयार पारेका थिए ।

रिजावनले ४३ बल खेल्दै ५ चौका मद्दतमा सर्वाधिक ५७ रन बनाए । कप्तान बाबरले ४२ बलमा ५३ रन बनाउने क्रममा ७ चौका प्रहार गरे । मोहम्मद ह्यारिसले २६ बल खेल्दै २ चौका र १ छक्का मद्दतमा ३० रन बनाए । शान मसुद ३ रनमा अविजित रहे ।

न्युजिल्याण्डका ट्रेन्ट बोल्टले २ विकेट लिए । मिचेल सान्टनरले १ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले ४ विकेट गुमाएर १५२ रन बनाएको थियो । न्युजिल्याण्डका लागि डारेल मिचेलले अविजित रहँदै सर्वाधिक ५३ रन बनाए । उनले ३५ बल खेल्दै ३ चौका र १ छक्का प्रहार गरे ।

कप्तान केन विलियम्सनले ४२ बल खेल्दै ४६ रन बनाए । विलियम्सन र मिचलले चौथो विकेटका लागि ६८ रनको साझेदारी गरेका थिए ।

डेभोन कनवेले २१ रन जोड्दा फिन एलन ४ र ग्लेन फिलिप्स ६ रनमा आउट भए । जेम्स निसम १६ रनमा अविजित रहे ।

पाकिस्तानका लागि शाहीन शाह अप्रिदीले ४ ओभरमा २४ रन खर्चेर २ विकेट लिए । मोहम्मद नवाले १ विकेट लिए । नवाजले ग्लेफ फिलिप्सलाई कट एण्ड बोल्ड गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?