+
+

अप्टिकल फाइबर काटिँदा टेलिकमको नेटवर्कमा समस्या

रासस रासस
२०७९ कात्तिक २३ गते २०:१९

२३ कात्तिक, काठमाडौं । चितवन र नवलपुर क्षेत्रमा नेपाल टेलिकमको नेटवर्कमा समस्या देखिएको छ । सडक विस्तारको क्रममा जथाभावी डोजर चलाएर नेपाल टेलिकमको अप्टिकल फाइबर काटिँदा तीन दिनदेखि नेटवर्कमा समस्या आएको हो ।

मोबाइलमा फोन नलाग्ने, बोलेको नबुझिने, इन्टरनेट नचल्ने गर्दा नेपाल टेलिकमका सेवाग्राही समस्यामा परेका छन् । फाइबर काटिँदा १३ देखि १४ वटा बिटीएस डाउन भएको दूरसञ्चार कार्यालय भरतपुरले जानकारी दिएको छ ।

भरतपुरका दुई ठाउँ र नवलपुरको गैँडाकोटमा फाइबर काटिएको दूरसञ्चार कार्यालय भरतपुरका प्रमुख नवीनकुमार मिश्रले जानकारी दिए । उनका अनुसार भरतपुर एयरपोर्ट अगाडि र सप्तगण्डकी क्याम्पस चोकमा भएको समस्या पत्ता लागेको छ भने गैँडाकोटमा अझै समस्या पत्ता लागेको छैन ।

भरतपुरको समस्या आज साँझसम्म समाधान गर्ने गरी काम भइरहेको उनले बताए ।

सडक विस्तारका क्रममा दूरसञ्चार कार्यालयलाई जानकारी नदिई तार काट्दा पटक-पटक समस्या हुने गरेको मिश्रले बताए । थोरै सावधानी नअपनाउँदा नागरिकलाई सास्ती र नेपाल टेलिकमलाई लाखौँ रुपैयाँ घाटा हुने गरेको उनको भनाइ छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?