+
+

चेल्सीलाई हराउँदै सिटी लिग कपको चौथो चरणमा

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २४ गते ८:४०

२४ कात्तिक, काठमाडौं । म्यानचेस्टर सिटी लिग कप (काराबाओ कप) फुटबलको चौथो चरणमा प्रवेश गरेको छ ।

बुधबार राति भएको तेस्रो चरणको खेलमा सिटीले चेल्सीलाई २-० ले हरायो ।

घरेलु मैदानमा सिटीलाई जिताउन रियाद महारेजले ५३औ  र गुलियन अल्भारेजले ५८औं मिनेटमा गोल गरे ।

पराजित चेल्सी लिग कपबाट बाहिरिएको छ ।

लिग कपकै अन्य खेलमा लिभरपुलले डर्बी काउन्टीलाई पेनाल्टी सुटआउटमा ३-२ ले हराएर चौथो चरणमा स्थान बनाएको छ ।

उता प्रिमियर लिगमा उत्कृष्ट प्रदर्शन गरिरहेको आर्सनल भने ब्राइटनसँग ३-१ ले पराजित हुँदै लिग कपबाट बाहिरिएको छ । आर्सनलले पहिले अग्रता लिएपनि जोगाउन सकेन ।

प्रिमियर लिग क्लबहरु न्युकासल, साउथह्याम्पटन, नटिङहम फरेस्ट र वल्भस पनि जित निकाल्दै चौथो चरणमा प्रवेश गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?