+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

रुपन्देही–२ मा रुपसिंहलाई ‘लौरो अभियान’को समर्थन

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २५ गते १०:२५

२५ कात्तिक, बुटवल । रुपन्देही–२ को प्रतिनिधिसभा सदस्य पदमा हाम्रो नेपाली पार्टीले स्वतन्त्र उम्मेदवार रुपसिंह थापालाई समर्थन गर्ने भएको छ ।

शुक्रबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा हाम्रो नेपाली पार्टीकी लुम्बिनी प्रदेश संयोजक ईशा खड्काले आफ्नो पार्टीको लौरो चिह्न लिएका उम्मेदवार कमल भुसाल (निकोलस) को उम्मेदवारी खारेज भएको हुँदा थापालाई सहयोग गर्ने सहमति भएको बताइन् ।

‘स्वतन्त्रहरुलाई नै जिताउने हाम्रो अभियान हो, यहाँ निकोलसको उम्मेदवारी खारेज भएपछि थापालाई समर्थन गर्ने सहमति भएको हो’ खड्काले भनिन् ।

उक्त पार्टीका प्रदेश सभा सदस्य उम्मेदवार प्रदीप पन्तले पनि प्रतिनिधि सभामा थापालाई समर्थन गर्ने बताए ।

दलहरुलाई सच्चाउन स्वतन्त्र उम्मेदवारी दिएको थापाले बताए । बुटवलका पूर्व मेयर समेत रहेका थापाले सत्ता गठबन्धनले पनि शुरुमा आफूलाई समर्थन गर्ने बताएको तर पार्टीका शीर्ष नेताहरुको दबावमा विचार सिद्धान्त नमिल्ने जनमुक्ति पार्टीलाई समर्थन गरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?