+
+

विश्वकपका लागि पोर्चुगलको टिम घोषणा

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २५ गते १३:२१

२५ कात्तिक, काठमाडौं । यही नोभेम्बर २० देखि कतारमा सुरु हुने फिफा विश्वकप फुटबलका लागि पोर्चुगल टिम घोषणा भएको छ ।

प्रशिक्षक फर्नान्डो सान्तोषले बिहीबार २६ सदस्यीय अन्तिम टोली घोषणा गरेका हुन् ।

क्रिस्टियानो रोनाल्डो पाँच पटक विश्वकप खेल्ने टिममा परेका छन् । यस्तै वेनफिकाका १९ वर्षीय डिफेण्डर एन्टोनिओ शिल्भा पहिलो पटक राष्ट्रिय टिममा परेका छन् । चोटसँग संघर्ष गरिरहेका भेट्रान फरवार्ड पेपे पनि टिममा छन् ।

जाओ माउटिन्हो, जोस फोन्टे र रेनाटो सान्चेज जस्ता खेलाडी टिममा अटाएनन् । डिएगो जोटा, पेड्रो नेटा भने चोटका कारण यसअघि नै विश्वकप होडबाट बाहिरिसकेका छन् ।

समूह ‘एच’मा रहेको पोर्चुगलले नोभेम्बर २४ मा घानासँग खेल्दै विश्वकप सुरुवात गर्नेछ । यस समूहमा उरुग्वे र दक्षिण कोरिया पनि छ ।

पोर्चुगल टिम

गोलकिपरः डिएगो कोस्टा, जोस सा, रुई प्याट्रिसिओ

डिफेण्डरः डिएगो डालोट, जाओ कान्सेलो, एन्टोनिओ शिल्भा, डानिलो, पेपे, रुबेन डियास, नुनो मेन्डेज, राफेल गुरेइरा

मिडफिल्डरः जाओ पाल्हिन्हा, रुबेन नेभेस, बर्नार्डो शिल्भा, ब्रुनो फर्नान्डेज, जाओ मारिनो, माथ्युज नुनेज, ओटाभिहो, भिटिन्हा, विलियम कार्भाल्हो

फरवार्डः आन्द्रे शिल्भा, क्रिस्टियानो रोनाल्डो, गोन्कालो रामोस, जाओ फेलिक्स, राफाएल लिएओ, रिकार्डो होर्ता

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?