+
+

आईपीओ जारी गर्ने तयारीमा आईएमई

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २५ गते १३:२६

२५ कात्तिक, काठमाडौं । नेपालको सबैभन्दा ठूलो रेमिट्यान्स कम्पनी आईएमईले आईपीओ जारी गर्ने तयारी गरेको छ । सर्वसाधारणलाई प्राथमिक सेयर निष्कासन गर्ने एजेण्डासहित कम्पनीले आगामी १६ मंसिरमा साधरणा सभा गर्न लागेको हो । कम्पनीले जारी गरेको साधारणसभा सूचनामा आईपीओ जारी गर्ने विशेष प्रस्ताव छ ।

आगामी साधारणसभाबाट कम्पनीले चुक्ता पूँजीको ५० प्रतिशत बोनस सेयर र बाँकी आईपीओ जारी गर्ने कम्पनीका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेलले बताए ।

मंसिरमा हुने साधारणसभाले पास गरेपछि आईपीओ जारी गर्ने प्रक्रिया सुरु हुने र यो जतिसक्दो छिटो सुने कम्पनीका सीईओ पौडेलले बताए ।

लिमिटेडमा रुपान्तरण भएको ८ वर्षपछि कम्पनी सर्वसाधारणमा जान लागेको र यसले सर्वसाधारण माझ थप विश्वास सिर्जना गर्ने उनको भनाइ छ ।

नेपालमा दुई दशकदेखि रेमिट्यान्स सेवा प्रवाह गरिरहको कम्पनीले २ सय हाराहारी मलुकहरुबाट विप्रेषण भित्र्याइरहेको छ । कम्पनीका अध्यक्ष नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?