+
+

चोटग्रस्त मानेलाई समेट्दै विश्वकपका लागि सेनेगलको टिम घोषणा

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २५ गते १६:१४

२५ कात्तिक, काठमाडौं । कतारमा नोभेम्बर २० देखि सुरु हुने फिफा विश्वकप फुटबलका लागि सेनेगलको टिम घोषणा भएको छ । प्रशिक्षक एलिस सिसेले चोटग्रस्त साडियो मानेलाई समेट्दै शुक्रबार २६ सदस्यीय टोली घोषणा गरेका हुन् ।

बायर्न म्युनिखबाट बुण्डेसलिगा खेलिरहेका माने यसै साता वेडर ब्रेमेनविरुद्धको खेलमा चोटग्रस्त भएका थिए । बायर्न म्युनिख, सेनेगल र माने आफैंले गोलको गम्भीरताबारे केहि सार्वजनिक गरेका छैनन् ।

समाचारहरुमा उनले विश्वकप नै गुमाउने सम्भावना बढेको बताइएको थियो । तर, सेनेगललाई अफ्रिकन च्याम्पियन बनाएका मानेलाई विश्वकपको टोलीमा राखिएको छ ।

सेनेगल विश्वकपको समूह ‘ए’ मा छ । उसले नोभेम्बर २१ मा नेदरल्याण्ड्ससँग खेल्दै विश्वकप सुरुवात गर्नेछ ।

सेनेगल टोली

गोलकिपरः एडुवार्डो मेन्डी, अल्फ्रेड गोमिस, सेनी डिएङ

डिफेण्डरः कालिडे काउलीबेली, अब्दोउ डियालो, युउसोउफ साबाली, फोडे बाल्लो टुरे, पापे अबाउ सिस्से, इस्माइल जाकोब्स, फोर्मोस मेन्डी

मिडफिल्डरः गाना गुए, चेइकोउ कोउयाटे, नामपालीस मेन्डी, क्रेपिन डिएट्टा, पापे गुए, पापे माटार सार, पाठ्ठे सिस, माउस्टापा नेम, लुउम एनडिएयी

फरवार्डः साडियो माने, इस्माइला सार, बोउलाय डिअ, बाम्बा डिएङ, फामारा डिएधिउ निकोलस ज्याक्सोन, इलिमा एनडिए

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?