
२६ कात्तिक, काठमाडौं । सन् १९५८ को फिफा विश्वकपका लागि छनोट प्रक्रियाको संरचना केहि खुकुलो पारिएको थियो । यो संस्करणमा संयुक्त अधिराज्यका चारै देशले मात्र होइन अर्जेन्टिनाले पुनरागमन गरेको थियो भने सोभियत युनियनले पनि पहिलो सहभागिता जनाएको थियो ।
तर, यसपल्ट दुईपल्टका दुई पूर्व च्याम्पियनहरु इटली र उरुग्वे भने छनोट हुन असफल रहे ।
इजरायललाई मान्यता दिएको भन्दै तीन मुस्लिम देशहरु इण्डोनेसिया, सुडान र टर्कीले बहिस्कार गर्दा उनीहरुले छनोट प्रतियोगितामै सहभागी भएनन् । यसबीच छनोट अन्तर्गतको एउटा नकआउट खेलमा वेल्ससँग हारेपछि इजराजयलले पनि मुख्य विश्वकप खेल्न पाएन ।
युरोपेली देशमा लगातार संस्करण विश्वकप आयोजना भएको यो दोस्रोपल्ट थियो । यसबाट दक्षिण अमेरिकी देशहरु असन्तुष्ट थिए । फिफाले प्रतियोगिता फरक फरक महादेशमा गर्ने लक्ष्यको घोषणा गरेको थियो ।
यो त्यही प्रतियोगिता हो जहाँ ब्राजिलले आफ्नो पहिलो विश्वकप उपाधि जितेको थियो । संसारले पेलेको महिमाको पहिलो झलक देखेको थियो ।
त्यतिबेला पेले मात्र १७ वर्षका थिए । सुरुवाती दुई खेलमा उनले ब्राजिलको टिममा अवसर पाएनन् । पछिल्ला चार खेलमा ६ गोल गरेपछि विश्व फुटबलमा एक महान खेलाडीको उदय भयो ।
पेलेले क्वाटरफाइनलमा वेल्सविरुद्ध विश्वकपमा आफ्नो पहिलो गोल गरेका हुन् । तर, सेमिफाइनलमा प|mान्सविरुद्ध हृयाटि्रक गर्नुअघि सम्म संसारले उनीप्रति ध्यान दिएका थिएनन् ।
फाइनलमा स्वीडेनको विरुद्ध पेलेले निणर्ायक २ गोल गरे र स्टकहोमको रसुन्दा रंगशालामा उपस्थित ५० हजार घरेलु समर्थकलाई स्तब्ध पार्दै आफ्नो देशलाई पहिलोपल्ट विश्वकपको उपाधि दिलाए ।
यो विश्वकपमा फ्रान्सका जस्ट फोन्टेनले १३ गोल गरे । विश्वकपको एकै संस्करणमा सर्बाधिक गोल गर्ने खेलाडीको कीर्तिमान अझै पनि उनकै नाममा छ ।
पेले र ब्राजिलले पहिलो विश्वकप जितेर विश्वस्तरमा आफ्नो शानदार यात्राको सुरुवात गर्न सफल रहृयो । पेले विश्वकपमा सबैभन्दा कम उमेरमा गोल गर्ने खेलाडी बने । वेल्सविरुद्ध गोल गर्दा उनी १७ वर्ष २३९ दिनका थिए । फाइनल खेलमा ७ गोल भएको थियो । यो कीर्तिमान अझैसम्म पनि कायम छ ।
विश्वकपमा अर्जेन्टिनाको पुनरागमन सर्मनाक थियो । उनीहरुले समूह चरणमा लगातार दुई खेल गुमाउँदा १० गोल खाए । समूहबाटै घर फर्किनुपर्दा स्वदेशमा असन्तुष्ट समर्थकको सामना गर्नुपरेको थियो ।
अघिल्ला केहि संस्करणको तुलनामा यो विश्वकपमा समर्थकको औषत उपस्थिति कम थियो ।
तथ्यांकमा १९५८ विश्वकप
आयोजकः स्वीडेन
टिमः १६
फर्म्याटः समूह चरण, नकआउट
खेलः ३५
गोलः १२६
विजेताः ब्राजिल
उपविजेताः स्वीडेन
गोल्डेन बुटः जस्ट फेर्टेन (फ्रान्स)
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4