+
+

डा. चन्द्र भण्डारी : दोस्रो जितको लागि सत्ता गठबन्धनको साथ

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २७ गते ११:१३

गुल्मी जिल्लाको छत्रकोट, हुँगा गाउँमा जन्मिएका डा. चन्द्र भण्डारी नेपाली कांग्रेसका युवा नेता हुन् । पारिवारिक वातावरणका कारण किशोरकालदेखि नै राजनीतिमा रुचि राखेका उनी २०३३ बाट नेपाली कांग्रेसको गतिविधिमा सक्रिय हुन थाले ।

२०४८ सालमा नेपाल विद्यार्थी संघको महामन्त्रीको जिम्मेवारीमा पुगेका भण्डारी २०६७ पछि निरन्तर पार्टीको केन्द्रीय सदस्य छन् । उनी २०७८ मंसिरमा सम्पन्न १४औं महाधिवेशनमा उप-सभापतिमा उठेर पराजित भए ।

पंचायती व्यवस्था विरुद्धको आन्दोलनका क्रममा पक्राउ परेर पाँच वर्ष जेल जीवन बिताएका डा. भण्डारी २०६४, २०७० र २०७४ को राष्ट्रिय निर्वाचनमा गुल्मी-२ बाट उम्मेदवार भएका थिए । तर उनी २०७० मा एक पटक मात्र विजयी बने ।

२० वर्षदेखि एमालेले जित्दै आएको क्षेत्र कांग्रेसको पोल्टामा ल्याउन सफल भएका भण्डारी यसपटक सत्ता गठबन्धनको सहयोगमा इतिहास दोहोर्‍याउने अभियानमा छन् । चौथो पटक पनि उनका प्रतिस्पर्धी नेकपा (एमाले)का प्रदीप ज्ञवाली छन् ।

गत वैशाखमा भएको स्थानीय तह निर्वाचनमा गुल्मी-१ मा वडाअध्यक्षका उम्मेदवारहरूले पाएको दलगत मतमा एमाले अगाडि छ । एमालेले ३५ हजार ७०१, कांग्रेसले ३१ हजार २९४, माओवादीले ४ हजार ९७०, राष्ट्रिय जनमोर्चाले १६०० र एकीकृत समाजवादीले ४९७ मत पाएको छ ।

स्थानीय चुनावको यो नतिजा सत्ता गठबन्धनका साझा उम्मेदवार डा. भण्डारीका लागि चौथो प्रतिस्पर्धामा दोस्रो विजय निकाल्न अनुकूल देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?