+
+

लिभरपुल किन्ने होडमा भारतीय अर्बपति मुकेश अम्बानी

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २७ गते १५:५६

२७ कात्तिक, काठमाडौं । भारतीय अर्बपति मुकेश अम्बानी विश्व चर्तित इंग्लिस क्लब लिभरपुल किन्ने होडमा देखिएका छन् । इंग्लिस सञ्चारमाध्यम ‘द मिरर’का अनुसार मुकेश अम्बानीले लिभरपुल किन्ने इच्छा देखाएका हुन् ।

प्रिमियर लिग महारथी क्लबका हालका मालिक फेनवे स्पोर्ट्स ग्रुप ९एफएसजी० ले लिभरपुललाई बिक्रीमा राखेपछि क्लब किन्ने होडमा अम्बानी पनि अघि सरेका हुन् ।

एफएसजीले सन् २०१० मा लिभरपुल खरिद गरेको थियो । मिररका अनुसार एफएसजीले लिभरपुलको बिक्री मूल्य ४ बिलियन युरो राखेको छ ।

रिलायन्स इन्ड्रस्टिजका अध्यक्ष तथा प्रबन्ध निर्देशक समेत रहेका अम्बानी फोर्ब्सको सूचीमा विश्वकै सबैभन्दा धनीमा आठौं स्थानमा छन् । उनको सम्पत्ती करिब ९० बिलियन छ ।

यसबारेमा रिलायन्स कम्पनीले केही सार्वजनिक गरिसकेको छैन ।

लिभरपुलको मालिक कम्पनी एफएसजीले विज्ञप्ती जारी गर्दै तेस्रो पक्षबाट मालिक बन्ने चासोका प्रस्तावहरु आइरहेको जनाएको छ ।

अम्बानीको कम्पनी रिलायन्स इन्डियन प्रिमियर लिग ९आईपीएल० मा मुम्बई इन्डियन्सको मालिक हो । यसले भारतीय फुटबल महासंघ ९एआईएफएफ०सँग मिलेर इन्डियन सुपर लिग पनि सञ्चालन गरिरहेको छ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?