+
+

भीम रावल खोज्‍ने कार्यकर्तालाई ओलीको जवाफ : माया लागे अछाम जानुस्

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २७ गते १७:५२

२७ कात्तिक, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भीम रावलको विषयमा नागरिकले राखेको जिज्ञासाबाट रुष्ट हुन थालेका छन् ।

दैलेखमा आयोजित चुनावी सभामा ओली सम्बोधन गर्दै थिए । कार्यकर्ताले ‘भीम रावल खै’ भन्दै प्रश्न गरे । पटक-पटक कार्यकर्ताले भीम रावल भनेपछि ओली झोक्किए । भीम रावलको नाम लिनेहरुलाई ओलीले जवाफ फर्काए, ‘चुप लागेर बस्नुस् । भीम रावलको माया लाग्या भए अछाम त्यहीँ पारिपट्टि छ, जानुस् ।’

यसअघिका अन्य केही कार्यक्रममा समेत कार्यकर्ताले भीमरावलबारे ओलीसँग सोधिखोजी गर्दै आएका छन् । भीम रावल अछाम-१ बाट प्रतिनिधिसभाको उम्मेदवारका आकांक्षी थिए । उनलाई टिकट नदिइएको भन्दै कार्यकर्ताले पार्टी अध्यक्ष ओलीलाई प्रश्न गर्दै आएका हुन् ।

ओलीले आइतबार नै एमाले अध्यक्ष ओलीले सुर्खेतमा आयोजित चुनावी सभालाई पनि सम्बोधन गरे । त्यस क्रममा उनले पाँच दलीय सत्ता गठबन्धनले चुनावपछि पनि सरकार बनाउने भनी गरेको दाबी र व्यवहारमा बेमेल रहेको बताए ।

एउटै चुनावी घोषणापत्र नभएका कारण कसको घोषणापत्र लागू गर्ने भन्ने अन्योल रहेको उनको भनाइ छ । एमाले एउटै नीति र कार्यक्रम ल्याएकाले एक ताल सुरमा राज्य संचालन गर्ने तयारीमा रहेको उनको भनाइ छ ।

ओलीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको पनि चर्को आलोचना गरे ।

०७४ को चुनावमा एमालेले माओवादीको प्रत्यक्षतर्फ ३६ सीट ल्याइदिएको दाबी गर्दै भने, ‘चोक्टा खान जानुभएको मंसिर ४ गते कति झोलमा डुब्नु हुन्छ थाहा छैन । उहाँलाई ३६ सीट चाहिएको पनि छैन । उहाँलाई कांग्रेस बोक्ने बलियो काँध भए पुग्छ ।’

नेकपा एकीकृत समाजवादीको आयु मंसिर ४ गतेसम्म मात्रै रहेको उनको टिप्पणी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?