+
+

रोहितकुमार पौडेल ओडीआईका विश्वकै दोस्रो कान्छो कप्तान

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २८ गते ११:०२

२८ कात्तिक, काठमाडौं । रोहितकुमार पौडेले एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) क्रिकेटमा कप्तानी गर्ने विश्वकै दोस्रो कान्छो कप्तान बनेका छन् ।

युएई विरुद्धको ओडीआई शृंखला अन्तर्गत सोमबार पहिलो खेलमा नेपालको कप्तानी गर्दै रोहितले यो उपलब्धी हासिल गरेका हुन् ।

युएई विरुद्ध कप्तानी गर्दा रोहित २० वर्ष ७३ दिनका मात्र छन् ।

अफगानिस्तानका रासिद खान ओडीआईमा कप्तानी गर्ने विश्वकै कान्छो कप्तान हुन् । उनले सन् २०१८ मा जिम्बावेको बुलायोमा भएको खेलमा स्कटल्याण्ड विरुद्ध १९ वर्ष १६५ दिन हुँदा कप्तानी गरेका थिए ।

नेपाल क्रिकेट संघ क्यानले शुक्रबार रोहितलाई नेपालको कप्तान नियुक्त गरेको थियो । यसअघिका कप्तान सन्दीप लामिछाने बलात्कारको अभियोगमा थुनामा परेपछि क्यानले उनलाई निलम्बन गरेको थियो ।

पछिल्लो समय एकदिवसीय क्रिकेटमा उत्कृष्ट प्रदर्शन गर्दै आएका रोहित यसअघि उपकप्तान थिए । सन् २०१८ फेब्रुअरीमा मा नामिबिया विरुद्ध लिस्ट ए मा डेब्यु गरेका रोहितले २०१८ अगष्टमा नेदरल्याण्ड्स विरुद्ध ओडीआईमा डेब्यु गरेका थिए ।

१५ वर्ष ३३५ दिनको हुँदा नेदरल्याण्ड्स विरुद्ध खेलेका रोहित ओडीआई खेल्ने छैटौं कान्छा खेलाडी हुन् । रोहितले नेपालका लागि २५ ओडीआई खेल्दै १ शतक र ५ अर्धशतक मद्तमा ८०८ रन बनाएका छन् ।

रोहित नेपालको ओडीआई टिमलाई कप्तानी गर्ने चौथो खेलाडी हुन् । यसअघि पारस खड्का, ज्ञानेन्द्र मल्ल र सन्दीप लामिछानेले ओडीआईमा नेपालका लागि डेब्यु गरिसकेका छन् ।

यस्तै रोहित घरेलु मैदानमा ओडीआईमा कप्तानी डेब्यु गर्ने दोस्रो नेपाली खेलाडी हुन् ।

यसअघि ज्ञानेन्द्रले सन् २०२० फेब्रुअरीमा टीयू मैदानमै भएको क्रिकेट विश्वकप लिग टु मा ओमान विरुद्ध कप्तानी डेब्यु गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?