+
+

नेपाल र पाकिस्तान मैत्रीपूर्ण फुटबलका लागि तयार

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २९ गते १६:४८

२९ कात्तिक, काठमाडौं । नेपाल र पाकिस्तानबीच बुधबार दशरथ रंगशालामा मैत्रीपूर्ण फुटबल खेल हुँदैछ । दुवै टिमले आफ्नो तयारीलाई अन्तिम रुप दिएका छन् ।

नेपालका प्रशिक्षक प्रवेश कटुवालले पाकिस्तानसँग जित्ने मनोवलका साथ टिम तयार पारिएको बताएका छन् । तयारीका लागि कम समय पाएको र धेरै खेलाडीहरु विदेश पलायन भएको अवस्थामा यहाँ भएका उत्कृष्ट खेलाडी समेटेर टिम तयार पारेको उनको भनाई छ ।

‘विगतको नतिजा हाम्रो पक्षमा छैन । यद्यपी हामी जितको मनोवलसहित मैदानमा उत्रिनेछौं । हामीले हालै बंगलादेशलाई हराएका थियौं,’ मंगलबार खेलअघिको पत्रकार सम्मेलनमा कटुवालले भने, ‘छोटो समय भएकाले फिटनेसकोमा धेरै काम गर्न पाइएन । उपलब्ध खेलाडी समेटेर सन्तुलित टिम बनाएको छु । प्रशिक्षणमा राम्रो गरेकालाई अवसर दिनेछु ।’

घरेलु फुटबलमा सफल प्रशिक्षक कटुवालले पहिलोपल्ट राष्ट्रिय टिमको जिम्मेबारी पाएका हुन् । उनले यो अवसरलाई खुसीका रुपमा परिभाषित गरे ।

लामो समय फिफाको निलम्बनमा परेको पाकिस्तान तीन वर्षपछि नेपालसँगको खेलबाट अन्तर्राष्ट्रिय फुटबलमा फर्कन लागेको हो । प्रशिक्षक कटुवालले पाकिस्तानी खेलाडीहरु विदेशमा खेल्ने भएकाले विपक्षीलाई कमजोर आंक्न नमिल्ने बताए ।

पहिलोपल्ट नेपालको कप्तानी गर्न लागेका रोहित चन्दले यो अवसरका लागि कृतज्ञता व्यक्त गरे । उनले रणनीतिअनुसार खेलेर जित हासिल गर्ने टिमको लक्ष्य सुनाए । ‘पाकिस्तान कठिन विपक्षी हो । यो खेलका लागि उनीहरुले तयारी पनि राम्रो गरेका छन् । खेल प्रतिस्पर्धात्मक हुनेछ,’ पत्रकार सम्मेलनमा उनले भने ।

लामो समयदेखि इण्डोनेसियामा व्यवसायिक फुटबल खेलिरहेका रोहितले घरेलु फुटबलको माहोल नराम्रो भएकैले खेलाडीहरु विदेश पलायन हुन बाध्य भएको दावी गरे ।

‘घरेलु फुटबल अलि राम्रो भएको भए सबै खेलाडी यहीँ खेलिरहेका हुन्थे । टिम अझै राम्रो हुन्थ्यो । अहिलेको सन्दर्भमा कोचले राम्रो टिम बनाउनुभएको छ ।’ रोहितले हारजित भन्दा पनि राम्रो फुटबल खेल्ने अपेक्षा गरे ।

नेपालले घरेलु मैदानमा डेढ महिनापछि मैत्रीपूर्ण फुटबल खेल्न लागेको छ । यसअघि गत असोज १० गते नेपालले दशरथ रंगशालामा बंगलादेशसँग खेलेको थियो ।

पाकिस्तान भने फिफा निलम्बन फुकूवा भएपछि यही खेलबाट अन्तर्राष्ट्रिय फुटबलमा पुनरागमन गर्दैछ । खेल दशरथ रंगशालामा साँझ ५ बजे सुरु हुनेछ ।

पाकिस्तानका प्रशिक्षक सइद अनवरले छोटो समयमा खेल आयोजना गरेकोमा एन्फालाई धन्यबाद दिए । दुई महिनाको बन्द प्रशिक्षण र छनोट प्रक्रियापछि आफ्नो टिम नेपाल आएको उनको भनाई थियो । ‘पाकिस्तान फुटबल फेडेरेसन दुई वर्षदेखि संकटमा थियो । राम्रो तयारी गरेका छौं र नेपालसँग राम्रो खेल हुनेमा आशावादी छौं ।’ उनले भने । उनले निलम्बनको समयमा स्थानीय खेलहरु सन्चालन भएको बताए ।

पाकिस्तानका कप्तान हसन बसिरले नेपाली दर्शकका अगाडि खेल्न पाउनु रमाइलो अनुभूति हुने बताए ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?