+
+

संख्यामा फिफा विश्वकप : उपाधि, गोल, उमेर र पुरस्कार राशी

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २९ गते १७:३०

२९ कात्तिक, काठमाडौं । विश्वकप २०२२ अर्को सातादेखि कतारमा सुरु हुँदैछ । मध्य एसियामा पहिलोपल्ट फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आयोजना हुन लागेको हो ।

विश्वकपका पाँच संस्करण जितेको ब्राजिल सबैभन्दा सफल टिम हो । इटली र जर्मनीले ४-४ पल्ट विश्वकप जितेका छन् । सन् १९८२ देखि नगद पुरस्कार दिन थालिएको विश्वकपमा यसको शाली बढिरहेको छ ।

विश्वकप इतिहासका केहि संख्यागत तथ्यहरुः

२०: सन् १९३० मा पहिलो संस्करणको विश्वकप उदघाटनपछि हालसम्म विश्वकप फुटबलको २० वटा संस्करण समापन भइसकेका छन् ।

३२ः विश्वकपमा ३२ राष्ट्रहरु सहभागी छन् ।

८०: कतार विश्वकप खेल्ने ८० औं राष्ट्र हो ।

८ः हालसम्म ८ वटा देशले मात्र विश्वकपको उपाधी जितेको छ । हालसम्म ब्राजिलले ५ पटक विश्वकप जितेको छ । इटालीले चार पटक, अर्जेन्टिना, फ्रान्स र उरुग्वेले मान २÷२ पटक विश्वकप जितेका छन् । इङ्ल्याण्ड र स्पेनले १/१ पटक विश्वकपको उपाधी उचालेका छन् ।

८०,०००ः विश्वकप २०२२ को फाइनल हुने लुसेल रंगशाला ८० हजार दर्शक क्षमताको छ ।

२.६ः २०१८ को विश्वकपसम्म प्रतिखेल औषत गोलसंख्या २.६ थियो ।

६ः हालसम्म ६ वटा देशले आफ्नै देशमा विश्वकप आयोजना गरेर आफैंले उपाधि राखेका छन् ।

२७.७ः अर्जेन्टिनी टिमको हालको औसत उमेर २७.७ वर्ष हो । जुन कतार विश्व्कपमा सबैभन्दा पाको उमेर हो ।

२४.५ः अमेरिकी टिमको औसत उमेर २४.५ वर्ष हो । जुन कतार विश्वकपको सबैभन्दा युवा टिम हो ।

५ बिलियनः विश्वको आधाभन्दा बढी जनसंख्याले यस पटकको विश्वकप हेर्ने अनुमान गरिएको छ । विश्वको जनसंख्या ८ बिलियन छ । तीमध्ये ५ बिलियनले विश्वकप हेर्नेछन् ।

३,३४०००ः आइसल्यान्ड विश्वकपमा छनोट हुने सबैभन्दा कम जनसंख्या भएको राष्ट्र हो । आइसल्यान्डले २०१८ को विश्वकपमा भाग लिएको थियो । आइसल्यान्डको जनसंख्या ३ लाख ३४हजार छ ।

१३ः १९५८ मा भएको विश्वकपमा १३ गोल गरेका फ्रान्सका जस्ट फोन्टेन हालसम्म एकै विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडी हुन् ।

५६ सेकेण्डः उरुग्वेका जोस बाटिस्टा एक यस्ता खेलाडी हुन् जसले खेल सुरु भएको ५६ सेकेन्डमै रातो कार्ड ब्यहोरेका थिए । सन् १९८६ को विश्वकपमा स्कटल्यान्डका गोर्डन स्नटेन्चलाई फल गरेपछि सिधै रातोकार्ड व्यहोरेका थिए । विश्वकपमा खेल सुरु भएको छोटो समयमै रातो कार्ड पाउने कीर्तिमान उनको नाममा रह्यो ।

१६ः जर्मनीका मिरोस्लाव क्लोसले २००२ देखि २०१४ सम्म चार विश्वकपमा १६ गोल गरेका छन् । जुन विश्वकपमा एकै खेलाडीले गरेको सर्वाधिक गोलसंख्या हो ।

११,५८१: कतार हालसम्म विश्वकप आयोजना गर्ने सबैभन्दा सानो देश हो । जसको क्षेत्रफल ११ हजार ५८१ वर्गकिलोमिटर क्षेत्रफल रहेको छ । जुन अमेरिकाको न्युयोर्क शहरको क्षेत्रफल बराबर हो ।

४२ मिलियन डलरः २०२२ कतार विश्वकप विजेता टिमले हालसम्मकै सर्वाधिक पुरस्कार रकम ४२ मिलियन अमेरिकी डलर पाउनेछ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?