+
+

एन्फाले प्रिजेन तामाङलाई ३ लाख उपचार खर्च दिने

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २९ गते १७:४२

२९ कात्तिक, काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फो ब्लड क्यान्सरपीडित राष्ट्रिय फुटबलर प्रिजेन तामाङको उपचार सहयोगका लागि ३ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ ।

एन्फा मुख्यालय सातदोवाटोमा मंगलबार बसेको बैठकले १३औं सागको स्वर्ण विजेता स्ट्राइकर प्रिजेनको उपचारका लागि नगद सहयोग गर्ने निर्णय गरेको हो ।

दुई महिनाअघि क्यान्सर पत्ता लागेका प्रिजेनको उपचार भारतको नयाँदिल्लीस्थित एपोलो अस्पतालमा भइरहेको छ ।

नेपालको उमेर समूहको राष्ट्रिय टिमबाट खेलिसकेका प्रिजेन क्लब फुटबलमा स्थापित खेलाडी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?