+
+

डोटीका २ वटा मतदान केन्द्रमा कर्मचारी र सुरक्षाकर्मी सबै महिला खटाइने

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक ३० गते १७:२२

३० कात्तिक, डोटी । प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको लागि मंसिर ४ गते हुने निर्वाचनमा डोटीका दुई वटा मतदान केन्द्रमा महिलाले निर्वाचन गराउने भएका छन् ।

जिल्लाका एक सय ७७ स्थायी र एक अस्थायी गरि एक सय ७८ मतदान केन्द्रमध्ये दुई केन्द्रमा महिला कर्मचारी खटाइएको मुख्य निर्वाचन अधिकृत एवं डोटी जिल्ला न्यायाधीश शिवलाल पाण्डेयले जानकारी दिए ।

मुख्य निर्वाचन अधिकृत पाण्डेयका अनुसार जिल्ला सदरमुकाम सिलगढीस्थित पद्म पब्लिक मुक्तिनारायण मावि केन्द्र र डोटी बहुमुखी क्याम्पसमा महिला कर्मचारी मात्रै खटाइएको छ ।

‘दुवै केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी र सहयोगी पनि महिला खटाइएको छ’ पाण्डेयले भने ‘दुवै केन्द्रमा सुरक्षाकर्मी समेत सबै महिलाहरुनै खटाइएको छ ।’

पद्म मुक्तिनारायण माविको केन्द्रमा कृषि ज्ञान केन्द्रमा कार्यरत मनिशा गुरुङ्ग र डोटी क्याम्पसको मतदान केन्द्रमा जिल्ला प्रशासन कार्यालयका शाखा अधिकृत रमा कुँवर मतदान अधिकृत छन् ।

यी दुई मतदान केन्द्रमा नमुनाको रुपमा महिलाहरु मात्रै खटाएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?