+
+

गगनलाई भोट माग्दै प्रदीप खड्काले भने- उहाँ भावी प्रधानमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर १ गते ११:५२

काठमाडौं । यतिबेला कलाकार पनि सबथोक भुलेर चुनावमा होमिएको देखिन्छ । यो मामिलामा प्रदीप खड्का एक कदम अघि देखिएका छन् ।

अर्बपति कांग्रेस उम्मेदवार विनोद चौधरीलाई भोट माग्न नवलपरासी पुगेका ‘प्रेमगीत’ फेम्ड अभिनेता खड्का बुधबार अर्का उम्मेदवार गगन थापालाई भोट माग्दै गर्दा भेटिए । गगनको चुनावी घरदैलोमा पुगेर प्रदीपले उनको पक्षमा भोट समेत मागे । यति मात्र होइन, प्रदीपले गगनलाई भावी प्रधानमन्त्रीको रुपमा अघि सारे ।

‘दाइमाथि मलाई विश्वास छ । भावी प्रधानमन्त्रीको रुपमा आफूले आफूलाई जसरी दाबेदारी देखाइरहनुभएको छ । म यसमा विश्वस्त छु कि आउनुपर्ने र सम्हाल्नुपर्ने नयाँपुस्ताले नै हो,’ प्रदीपले भने ।

सँगै उभिएका उम्मेदवार थापाले भने, ‘हाम्रो पुस्ताको चर्चित मात्र होइन, सम्भावना भएको नायकले मैदानमै आएर मेरो पक्षमा भोट माग्नुभयो, म यसप्रति आभारी पनि छु ।’

मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा कलाकार पनि होमिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?