+
+

नेपालमा पहिलो पटक बेस्ट एयरलाइन्स अवार्ड हुँदै

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर १ गते ११:४५

१ मंसिर, काठमाडौं । नेपालमा पहिलो पटक बेस्ट एयरलाइन्स अवार्ड आयोजना हुने भएको छ ।१३ डिसेम्बर २०२२ मा ‘बेस्ट एअरलाइन्स अवार्ड नेपाल २०२२’ घोषणा गरिने आयोजकले जनाएको छ ।

सो दिन विभिन्न १६ विधामा दिइने बेस्ट एयरलाइन्स अवार्ड नेपालमा ३ विधा नेपाली वायुसेवाका लागि मात्र छुट्याइएका छन् । ११ विधामा नेपालबाट अन्तर्राष्ट्रिय उडान भरिरहेका वायुसेवाले प्रतिस्पर्धा गर्नेछन् भने बाँकी रहेका २ विधामा हवाई उड्डयनलाई सुरक्षित र सहज बनाउन भूमिका खेल्ने विभिन्न साझेदारबाट उत्कृष्टलाई चयन गरिने बताइएको छ ।

विभिन्न माध्यमबाट प्रक्षेपण गरिने जनमत तथा निर्णायक मण्डलको निर्णयका आधारमा अवार्ड तय गरिने भएको छ ।

नेपाल पर्यटन बोर्डसँगको साझेदारीमा आयोजना हुने यस बेस्ट एअरलाइन्स अवार्ड्स् नेपालमा हाल काठमाडौं भएर विभिन्न अन्तर्राष्ट्रिय गन्तव्यमा उडान भर्दै आएका २७ वायुसेवा प्रदायक आन्तरिक तर्फका ९ वायुसेवाले प्रतिस्पर्धा गर्नेछन् ।

अवार्डको निष्पक्षता र गरिमालाई दरिलो बनाउन आयोजकले नेपालमा सेवा प्रदायकको रुपमा सक्रिय वायुसेवा तथा वायुसेवा व्यवसायमा आबद्ध संघसंस्थाहरुसँग कुनै पनि किसिमको आर्थिक सहयोग, नोमिनेसन फी वा स्पोनसरसीप नलिएको समेत आयोजकको दावी छ ।

कार्यक्रमको हस्पिटालिटी पार्टनर हायात प्लेस काठमाडौ तोकिएको छ । बेस्ट एअरलाइन्स अवार्ड्स् नेपाल २०२२ को हस्पिटालिटी पार्टनरको रुपमा ह्यात प्लेस काठमाडौं र बुेस्ट एअरलाइन्स अवार्ड नेपालबीच बुधबार सम्झौता भएको छ ।

ह्यात प्लेस काठमाडौंका डाइरेक्टर अफ सेल्स एन्ड मार्केटिङ अचिन्त रस्तोगी र बेस्ट एअरलाइन्स अवार्ड्स् नेपालका अध्यक्ष सागरदेव लाखेले हस्ताक्षर गरे ।

अवार्डको निर्णायक मण्डलमा नेपाल उद्योग वाणिज्य संघका अध्यक्ष शेखर गोल्छा, होटल द्वारिकाज्का अध्यक्ष अम्बिका श्रेष्ठ लगायत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?