+
+

‘डिसेम्बर फल्स’ टिजर : उपासनालाई कब्जाबाट निकाल्न आर्यनले गरेको संघर्ष

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर १ गते १६:४६

काठमाडौं । आर्यन सिग्देल र उपासना सिंह ठकुरी स्टारर फिल्म ‘डिसेम्बर फल्स’को टिजर सार्वजनिक भएको छ । टिजरमा प्रेम, द्वन्द्व र थ्रिलर तत्व समावेश छन् । एक मिनेट १५ सेकेण्ड लामो टिजरले कथावस्तु र चरित्र चित्रणबारे महत्वपूर्ण पक्षहरु खुलासा गरेको छ ।

आफूलाई रोमान्स र एक्सन फिल्ममा प्रस्तुत गर्दै आएका आर्यन फिल्ममा ग्याङस्टर प्रेमीको भूमिकामा देखिन्छन् । यद्यपि, उनको पात्रबारे धेरै पक्ष खुलाइएको छैन । खलपात्रको कब्जामा परेकी उपासनालाई मुक्त गर्न नायकको इन्ट्री भएसँगै टिजर सुरु भएको छ । उपासनालाई कब्जाबाट बाहिर लैजान नायकले खलपात्रसँग गर्ने संघर्ष पेस गरिएको छ ।

उपासनालाई नर्स चरित्रको रुपमा देखाइएको छ । टिजरअनुसार फिल्ममा उनी आर्यनकी लभ इन्ट्रेस्टको भूमिकामा छिन् । सलोन बस्नेत र नरेश भट्टराई पनि टिजरमा अटाएका छन् ।

कोरोना महामारीअघि आर्यन अभिनित फिल्महरु ‘हजार जुनीसम्म’ र ‘चचहुई’ प्रदर्शन भएका थिए । ‘डिसेम्बर फल्स’ महामारीपछि रिलिज हुने आर्यनको पहिलो फिल्म हो ।

महामारीपछि रिलिज भएका उपासनाका दुई फिल्महरु ‘कबड्डी ४’ र ‘दुई नम्बरी’ बक्स अफिसमा सफल भइसकेका छन् । प्रवीण झा निर्देशित ‘डिसेम्बर फल्स’ पुस १५ गते रिलिज हुँदैछ ।

फिल्मलाई रामप्रसाद रिजालले निर्माण गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?