+
+

माने विश्वकपबाट बाहिरिए

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर २ गते ८:३१
साडियो माने । फाइल् तस्वीर

२ मंसिर काठमाडौं । सेनेगलका कप्तान साडियो माने आइतबारदेखि कतारमा सुरु हुने फिफा विश्वकपबाट बाहिरिएका छन् ।

विश्वकप सुरु हुनु दुई साताअघि बायर्न म्युनिखका लागि खेल्ने क्रममा घाइते भएपनि सेनेगलले उनलाई टिममा राखेको थियो । तर बिहीबार उनको खुट्टाको शल्यक्रिया गरेपछि जमर्न क्लब बायर्नले मानेले विश्वकपका सबै खेल गुमाउने पुष्टि गरेको छ ।

यसअघि सेनेगल फुटबल संघले मानेले पहिलो खेलमात्रै गुमाउने बताएको थियो । तर शल्यक्रियापछि उनी विश्वकपबाटै बाहिरिएका हुन् । माने करिब तीन महिना मैदान बाहिर हुनेछन् ।

सेनेगल फुटबल फेडेरेसनले पनि माने विश्वकपबाट बाहिरिएको पुष्टि गर्दै अब विश्वकपमा टिमले उनको लागि खेल्ने बताएको छ । नोभेम्बर ८ मा वेडर ब्रेमेन विरुद्धको खेलमा उनको खुट्टामा चोट लागेको थियो ।

अफ्रिकन प्लेअर अफ दि इअर बनिसकेका मानेले गत वर्ष सेनेगललाई पहिलो पटक अफ्रिकन कप अफ नेसन्सको उपाधि जिताउन मद्दत गरेका थिए । तर सेनेगलले मानेविनै विश्वकप खेल्नुपर्ने भएपछि ठूलो झड्का लागेको छ ।

विश्वकपका लागि समूह ए मा रहेको सेनेगलले नोभेम्बर २१ अर्थात आउने सोमबार नेदरल्याण्ड्ससँग पहिलो खेल खेल्नेछ ।

मानेले विश्वकप गुमाउने निश्चित भएपछि अब कतार विश्वकपमा बायर्न म्युनिखबाट खेल्ने १६ खेलाडी हुने भएका छन् । बायर्न, म्यानचेष्टर सिटी र बार्सिलोनाबाट समान १६ खेलाडी कतार विश्वकप खेल्न जाँदैछन् ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?