+
+

भारतको पहिलो निजी रकेट प्रक्षेपण

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर २ गते १२:२१

२ मंसिर, काठमाडौं । भारतको पहिलो निजी रकेट ‘विक्रम एस’ अन्तरीक्षमा प्रक्षेपण गरिएको छ । हैदरावादको एक निजी स्टार्टअप कम्पनी स्काईरुटले बनाएको उक्त रकेट आज श्रीहरिकोटाबाट प्रक्षेपण गरिएको हो ।

यससँगै भारतको अन्तरीक्ष प्राविधिमा निजी रकेट कम्पनी प्रवेशको सुरुवात भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

निजी कम्पनीहरुले पनि आफ्नो रकेट लन्च गर्ने देशहरुको सूचीमा भारत पनि समावेश हुनुलाई एक ठूलो उपलब्धि मानिएको छ ।

विक्रम एस के हो ?

उक्त रकेटको नाम भारतको अन्तरीक्ष अनुसन्धान संगठन इसरोका संस्थापक डा. विक्रम साराभाइको नामबाट राखिएको हो । विक्रम सिरिजमा तीन प्रकारका रकेट लन्च गरिने छ, जसलाई साना आकारका स्याटेलाइट अन्तरीक्षमा लैजानका लागि उपयोग गरिने छ ।

विक्रम–१ यसै सिरिजको पहिलो रकेट हो । विक्रम–२ र विक्रम–३ ले भारी वजनलाई पृथ्वीको तल्लो कक्ष्मा पुर्याउने छन् । यी तीनमध्ये एक विदेशी कम्पनीका र बाँकी दुई भारतीय कम्पनीका उपग्रह हुन् ।

स्काईरुटले यसअघि २०२२ को मे महिनामै रकेटको सफल परीक्षण भइसकेको जनाएको छ । उसले यस मिसनको नाम ‘प्रारम्भ’ राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?