+
+

चुनावी वातावरणले प्रजातन्त्र परिपक्व हुँदै गएको देखाउँछ

यसपटक मौन अवधिको परिपालना भएको छ । ज्यादै राम्रो देखिएको चुनाव अगाडिको वातावरण । यो वातावरा परिणाम आउँदासम्म रहँदा हाम्रो प्रजातन्त्र साच्चै परिपक्क हुँदै गएको प्रष्ट देखिन्छ ।

शुशिला कार्की, पूर्वप्रधानन्यायाधीश शुशिला कार्की, पूर्वप्रधानन्यायाधीश
२०७९ मंसिर २ गते १८:४७

आज म काभ्रेपलान्चोक क्षेत्र नम्बर एकको ५-७ मतदान केन्द्रको अवलोकनमा गएँ । हामी जाँदा बाटोको वातावरण नै एकदम शान्त थियो । पोष्टरहरु आदि इत्यादी काहीँ पनि देखेनौं । त्यस निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा तर्फ १७ जना उम्मेदवार हुनुहुँदो रहेछ । प्रदेशमा ९-९ जना उठ्नुभएका रहेछ । हामीले त्यहाँ उपसचिव दुर्गा प्रसाद खनाललाई भेट्यौं । समस्या के छ, वातावरण के भनेर जानकारी लिने प्रयास गर्‍यो ।

समष्टिगत रुपमा निर्वाचन त्यस क्षेत्रमा राम्रैसँग हुने अनुमान गरियो । तयारी पनि भइरहेको रहेछ । हामी त्यहाँ पुग्दा मतपत्रहरु वितरण भइरहेको थियो । बिहान हामी सवा ९ बजे पुग्दा सबै मतदान अधिकृतहरु पनि हामी पुगेको ठाउँमा भेला भइरहनुभएको थियो ।

हामीले अन्यलाई पनि सोध्यौं समस्या के छ भनेर । त्यस्तो ठूलो समस्या पाएनौं । महाभारत गाउँपालिकामा दुइटा केन्द्र रहेछ । १२ जना कर्मचारी तोकिएर जानुभएको रहेछ । १२ जना अट्ने ठाउँ र बाकस राख्नका लागि साँघुरो एरिया पर्‍यो भन्नुहुन्थ्यो । तथापि, व्यवस्थापन गर्ने उहाँहरुको कुरा थियो । नगरपालिकालृ पन सहयोग गरेको रहेछ । अन्यथा, थप समस्या नरहेको सुनाउनुभयो ।

राजनीतिक दलका नेता÷कार्यकर्ताहरुलाई तपाईंहरुको के कस्तो छ समस्या भनेर सोध्या हनुकुल रहेको, राम्रो रहेको बताउनुभयो । त्यस्तो कहीँ केही गूनासोहरु पाइएन ।
काभ्रेमै महाभारत र खानीखोला छ । यो असाध्धै विकट रहेछ । हिडेर जानुपर्ने रहेछ । सुरक्षार्थ डिएसपीको कमाण्डमा ३१ जना रहेछन् ।

हिजो राती भकुण्डेबेसीमा कसैले प्रेसर कुकर बम राखेको रहेछ । डिस्पोज गरेछन् । थप समस्या देखिएको छैन् । मतदाताहरुसँग कुरा गर्दा उम्मेदवारहरुबीच निकै कडा प्रतिस्पर्धा भएको र प्रचलित व्यक्तिहरु भएको हुनाले केही विवादहरु उठ्लान कि भन्ने रहेछ ।

अरु समष्टिगत रुपमा राम्रो कुरा गर्नुभएको छ । मत दिन जाने कुरा सबैले गर्नुभएको छ । पर्चा पोष्टरका कुरा देखि अनय गतिविधिलाई हेर्दा पनि शान्त छ, शान्त वातावरणले यसपटकको निर्वाचनमा मलाई त निर्वाचन भइराखेको छ कि छैन भने जस्तो लागिरहेको छ ।

शान्त छ चुनावी वातावरण । साच्चै भन्ने हो भने यो विषयमा नेपालमा प्रगति भएको हो । निर्वाचनपछि कस्तो वातावरण बन्ला त्यो निर्वाचन पछिको कुरा हो । निर्वाचन अगाडिको वातावरण एकदमै राम्रो छ ।

निर्वाचन आयोगले कडा गर्नुपर्ने ठाउँमा कडा गरेकै छ । तथापि, केही गूनासाहरु आउँछन् । कडा भयो भनेर पनि गूनासा गरेका छन् । तर, निर्वाचनको हकमा वातावरण अनुकुल छ । स्थानीय तहको निर्वाचन पनि एकदमै अनुशासित लागेको थियो ।

यसपटकको निर्वाचनमा पनि प्रजातन्त्रको विकास, परिपक्कता भएको अनुभुत छ । किनभने, पैसाको चलखेल त्यस्तो खुला रुपमा काहीँ पनि देखिँदैन् । बाहिर हेरेरै निर्वाचन हो भन्ने पनि लाग्दैन, न पर्चा छ, न पम्प्लेट छ, न मान्छेहरुको त्यस्तो प्रचार प्रसार छ । मौन अवधिमा पनि ग्रुप ग्रुप बनाएर भोट माग्ने प्रवृति विगतमा थियो ।

यसपटक मौन अवधिको परिपालना भएको छ । ज्यादै राम्रो देखिएको चुनाव अगाडिको वातावरण । यो वातावरा परिणाम आउँदासम्म रहँदा हाम्रो प्रजातन्त्र साच्चै परिपक्क हुँदै गएको प्रष्ट देखिन्छ ।

(आम निर्वाचन पर्यवेक्षण समिति नेपालले शुक्रबार राजधानीमा गरेको चुनाव सम्बन्धी कार्यक्रममा पूर्वप्रधानन्यायाधीश शुशिला कार्कीले राखेको विचारको सम्पादित अंश)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?