
काठमाडौं । गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’को चौथो सिजनमा यतिबेला नकआउट राउण्ड जारी छ । गत साता टीम राजु र प्रमोदबाट ९ जना प्रतिस्पर्धी लाइभ शोमा प्रवेश गरेका छन् । शुक्रबार राति टीम राजेशका ट्यालेन्टबीच नकआउट प्रतिस्पर्धा भयो ।
जसबाट भूपेन्द्र रणपाल, पदम राई र सविना योङहाङ लाइभ शोमा प्रवेश गरेका छन् । सविना यो सिजनमा लाइभ शोभा प्रवेश गर्ने पहिलो महिला ट्यालेन्ट हुन् ।
आज (शनिबार) कोच प्रविशा अधिकारीको समूहबीच नकआउट प्रतिस्पर्धा हुँदैछ । आगामी शुक्रबार लाइभ शो सुरु हुँदैछ जहाँ दर्शकले आफूलाई मनपर्ने प्रतिस्पर्धीलाई भोट दिन सक्नेछन् ।
भ्वाइसको चौथो सिजन हिमालय टीभीबाट शुक्रबार र शनिबार राति ८ बजे प्रसारण हुँदै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4