+
+

विराटनगरका दुई ठाउँमा भेटिएका शंकास्पद बम डिस्पोज

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ३ गते १३:५३

३ मंसिर, विराटनगर । विराटनगर महानगरपालिकाका दुई स्थानमा भेटिएका शंकास्पद वस्तु नेपाली सेनाको टोलीले निष्क्रिय पारेको छ ।

निर्वाचनको अघिल्लो दिन शनिबार विराटनगरका दुई स्थानमा शंकास्पद वस्तु फेला परेको थियो । शनिबार विहान विराटनगर महानगरपालिका-३ को  पुष्पमार्ग र दिउँसो विराटनगर– ३ खारजीमा शंकास्पद वस्तु फेला परेको हो ।

दुवै स्थानमा भेटिएका शंकास्पद वस्तु नेपाली सेनाको टोलीले निष्क्रिय बनाएको हो । डिस्पोज गरिएका वस्तु बम नभएको प्रहरीले बताएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी दीपक श्रेष्ठका अनुसार पुष्पचोकमा रङको खाली बट्टामा कपडा राखेर तार र टेपले बेरेको अवस्थामा शंकास्पद वस्तु भेटिएको थियो ।

खारजीमा इनामेलको बट्टा खतरा राखेर राखिएको अवस्थामा फेला परेको उनले बताए । आतंक सिर्जना गर्ने उद्देश्यले राखिएका दुवै वस्तु निष्क्रिय बनाइएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?