
फाइल तस्वीर
४ मंसिर, मुगु । मुगुका ५ वटा मतदान केन्द्रमा शंकास्पद वस्तु भेटिएको छ ।
जिल्ला प्रहरी कार्यालय मुगुका अनुसार खत्याड गाउँपालिका अन्तरगत ५ वटा मतदान केन्द्रमा शंकास्पद वस्तु फेला परेको हो । खत्याड गाउँपालिकाको रातापानी, जिउका, लाम्रु, गम्था र चिमाडुङ्रीमा शंकास्पद वस्तु भेटिएको प्रहरीले जनाएको छ ।
मतदान केन्द्रमा भेटिएका शंकास्पद वस्तु होप्स’ नेपाली सेनाको डिस्पोजल टोलीले डिस्पोज गरिसकेको र अहिले स्थिति सामान्य रहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4