
४ मंसिर, हुम्ला । सर्केगाड गाउँपालिका- स्थित रहेको देवकोटा आधारभूत विद्यालय मतदान केन्द्रमा झडप भएको छ ।
गठबन्धन पक्ष र स्वतन्त्र उम्मेदवार पक्षबीच झडप भएको हो । वारेसनामका विषयलाई लिएर दुई पक्षबीच झडप भएको हो ।
साढे १० बजे झडप भएपछि मतदान प्रभावित भएको छ । मतदान केन्द तोडफोड भएकोले अहिले मतदान प्रभावित भएको छ । ६० मत खसेपछि मतदान प्रकिया रोकिएको छ ।
यो केन्द्रमा ६९९ मतदाता रहेका छन् ।
गठबन्धनबाट माओवादीका कार्चेन लामा उम्मेदवार छन् भने नेपाली कांग्रेसका मंगलबहादुर शाहीले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4