+
+

मतपत्र विवादपछि संखुवासभामा रोकिएको मतदान पुनः सुरु

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ४ गते १४:२८

४ मंसिर, संखुवासभा । संखुवासभाको दुई वटा मतदान केन्द्रमा अवरुद्ध भएको मतदान पुनः सुरु भएको छ ।

खाँदबारी नगरपालिका–३ स्थित महेन्द्र माध्यमिक विद्यालयको (ग) मतदान केन्द्र र चैनपुर नगरपालिका –६ स्थित सरस्वती माध्यमिक विद्यालयमा रहेको (ख) केन्द्रमा मतदान अवरुद्ध भएको थियो ।

मतदान अधिकृतले प्रतिनिधिसभाको मतपत्र दिनुपर्नेमा प्रदेशसभातर्फको मतपत्र दिएपछि विवाद भएको हो । महेन्द्र मावि (ग) केन्द्रका मतदान अधिकृतले प्रतिनिधिसभा तर्फको ३१ मतपत्र प्रदेशसभा तर्फ र प्रतिनिधिसभाको ३१ मतपत्र प्रदेशसभाको बुथमा परेपछि विवाद उत्पन्न भएको थियो ।

मुख्य निर्वाचन अधिकृत टेकनाथ गौतम, प्रमुख जिल्ला अधिकारी वीरेन्द यादव, सुरक्षा निकायका प्रमुख र राजनैतिक दलका प्रतिनिधि बीचको सहमतिसँगै डेड घण्टा पछि मतदान सुरु भएको साहयक निर्वाचन अधिकृत डाक्टर इन्द्र सापकोटा जानकारी दिए ।

उनका अनुसार ३१ वटा मतपत्र खसेका मतपेटिका सिल गरेर राखिएको बताए । उक्त मतपत्र प्रदेशको प्रदेशसभामा र प्रतिनिधिसभाको प्रतिनिधिसभा सदस्य तर्फ नै गणना हुने सहमति भएको उनले बताए ।

त्यस्तै गरी सरस्वती मावि चैनपुरमा ४१ थान मपतपत्र प्रदेशसभाको मतपत्रमा परेको प्रतिनिधिसभा तर्फको मतपेटिमा खसेपछि विवाद भएको थियो । प्रयोग भएका ४१ थान मतपत्र परिवर्तन गरी अर्को मतपेटिका प्रयोग गर्ने सहमित भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?