+
+

यस्तो हुनेछ कतार विश्वकपको उदघाटन समारोह

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ४ गते १४:५८

४ मंसिर, काठमाडौं । आइतबार साँझ सबैको ध्यान कतारको अल खोरस्थित अल बायेट रंगशालामा केन्द्रित हुनेछ । जहाँ फिफा विश्वकपको उदघाटन खेलमा घरेलु टोली कतार र इक्वेडर आमनेसामने हुनुअघि एक भव्य उदघाटन समारोह आयोजित हुनेछ ।

आयोजक देशको विरासत र संस्कृति दर्शाउने सांस्कृतिक कार्यक्रमका साथै विश्वका प्रमुख गायक तथा कलाकारको प्रस्तुति विश्वकप उदघाटन समारोहको एक प्रमुख विशेषता रहँदै आएको छ । कतारले पनि यस्तै कार्यक्रमका साथ विश्वकपको सुरुवात अहिलेसम्मकै भव्य बनाउने अपेक्षा छ ।

फिफा विश्वकपको उद्घाटन समारोह कतारको स्थानीय समयअनुसार साँझ पाँच बजे (नेपाली समयअनुसार राती पौने ८ बने) देखि सुरु हुनेछ । कतार र इक्वेडरबीचको उदघाटन खेल कतारी समयअनुसार साँझ ७ बने (नेपाली समयअनुसार राती पौने १० बजे)देखि सुरु हुनेछ ।

पहिलोपल्ट एसियाको मध्यपूर्णमा हुन लागेको ऐतिहासिक फिफा विश्वकपको उद्घाटन समारोहमा प्रदर्शन गर्ने एकजना सुपरस्टार निश्चित भइसकेको छ । उनी हुन्, विश्वविख्यात ब्राण्ड बीटीएसका गायक जंगकुक । दक्षिण कोरियाको केपप ब्याई ब्राण्ड बीटीएस विश्वभर सर्बाधिक फ्यान फलोइङ भएको ब्याण्ड हो । जंगकुक ब्याण्डका सबैभन्दा लोकप्रिय सदस्य हुन् ।

‘गर्वका साथ घोषणा गर्दैछौं कि जंगकुक फिफा विश्वकप कतार २०२२ को सदस्य बन्दैन् । उनले उद्घाटन समारोहमा प्रस्तुति दिनेछन्,’ बीटीएसको आधिकारिक ट्वीटर एकाउण्टबाट १२ नोभेम्बरमा पोष्ट भएको थियो ।

उद्घाटन समारोहमा ३० मिनेटको विशेष कार्यक्रममा थुप्रै ‘सरप्राइज्ड’ हुनेछ । जंगकुकले कतारी गायक फहद अल कुबैसीसँग मिलेर फिफाको आधिकारिक गीत ‘ड्रिमर्स’को प्रस्तुति दिनेछन् ।

कतारले यो विश्वकपको उद्घाटन कार्यक्रमको विषय सम्पूर्ण मानव जगतको मिलनः मानवता, सम्मान र समावेशीतामार्फत भिन्नता न्यूनीकरण हो ।

‘कार्यक्रमको सात–कार्यको नेतृत्व विश्वस्तरका प्रतिभाले गर्नेछन् । विश्वव्यापी संस्कृतिका साथ कतारी परम्परा जोडेर सहभागी ३२ देशलाई सम्मान गरिनेछ,’ फिफाले भनेको छ ।

फिफा विश्वकपको उद्घाटन कार्यक्रम नेपालमा हिमालय टेलिभिजन र हिमालय प्रिमियम टेलिभिजनफे प्रत्यक्ष प्रशारण गर्नेछ । विश्वकपको उद्घाटन हेर्न दर्शकले शुल्क तिर्नु पर्दैन । सोमबारदेखि सुरु हुने खेलका लागि भने शुल्क तिर्नुपर्नेछ । करिव एक महिनासम्म चल्ने विश्वकपको प्रत्यक्ष प्रशारण नेपालमा हिमालय प्रिमियम एचडी टेलिभिजनले गर्नेछ ।

 

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?