+
+

हुम्लामा हेलिकप्टरबाट मतपेटिका संकलन गरिंदै, ३४ केन्द्रका मतपेटिका संकलन हुन बाँकी

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ५ गते ११:२५

५ मंसिर, हुम्ला । नाम्खा गाउँपालिका-६ का तीन वटा मतदान केन्द्रका मतपेटिका हेलिकप्टरबाट ल्याइएको छ ।

लिमिको तिल गाउँको हिमशिखर आधारभूत विद्यालयको मतदान केन्द्र, हल्जी गाउँको सुनखानी आधारभूत विद्यालय मतदान केन्द्र र जाङ गाउँको भृकुटी आधारभूत विद्यालय मतदान केन्द्रका मतपेटिका नेपाली सेनाको हेलिकप्टरबाट ल्याइएको हो ।

जिल्लाका ५९ वटा मतदान केन्द्र मध्ये २५ मतदान केन्द्रबाट मतपेटिका सदरमुकाम सिमकोट ल्याइएको जिल्ला निर्वाचन कार्यालय हुम्लाका निमित्त निर्वाचन अधिकारी श्यामबहादुर रानाले जानकारी दिए।

प्रदेश १ मा रहेका ३४ वटा मतदान केन्द्रका मतपेटिका आइनपुगेको निमित्त निर्वाचन अधिकारी रानाले बताए ।

प्रमुख जिल्ला अधिकारी सीता परियारका अनुसार बैठक बसेर अरु मतपेटिका कसरी संकलन गर्ने भन्ने निर्णय गरिनेछ । भोलि साँझसम्म मात्रै मतपेटिका संकलन गरिसक्ने उनको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?