+
+

संखुवासभाको तीन मतदान केन्द्रको मतपेटिका हेलिकप्टरबाट ल्याइयो

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ६ गते ९:१५

६ मंसिर, संखुवासभा । संखुवासभाका दुर्गम उत्तरी क्षेत्र भोटखोला गाउँपालिकाका तीन वटा मतदानस्थलका मतपेटिका हेलिकप्टर मार्फत खाँदबारी ल्याइएको छ ।

भौगोलिक रुपमा विकट र दुर्गम मानिएको भोटखोला गाउँपालिकाको दुधपोखरी आधारभूत विद्यालय थुदाम, हिमालय आधारभूत विद्यालय किमाथांका र ज्योती आधारभूत विद्यालय रिदाक सहित तीन मतदान केन्द्रको मतपेटिका सोमबार हेलिकप्टर मार्फत ल्याइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

थुदाम मतदान केन्द्रको २० मत, किमाथांकाको १ सय ४८ र रिदाक मतदान केन्द्रमा खसेको मत पेटिकालाई खाँदबारी ल्याइएको हो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार १ सय ६४ मतदान केन्द्र मध्ये १ सय ५ केन्द्रको मतपेटिका सदरमुकाम खाँदबारीमा संकलन भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?