+
+

एमालेका सचिव भट्टलाई ज्यान मार्ने धम्की, दुई जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ६ गते १२:४१

६ मंसिर, धनगढी । नेकपा एमालेका केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टलाई ज्यान मार्ने धम्की दिने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार बिहान कैलालीको गोदावरी नगरपालिका-१ अत्तरियास्थित भट्टको निवासमा पुगेर दुई जनाले ज्यान मार्ने धम्की दिएका हुन् ।

इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) रवीन्द्र पाण्डेयले सचिव भट्टको घरमा प्रवेश गरेर ज्यान मार्ने धम्की दिने दुई जनालाई पक्राउ गरिएको जानकारी दिए ।

उनकाअनुसार धनगढी उपमहानगरपालिका-१४ का शेरबहादुर लामा र गोदावरी नगरपालिका-२ बस्ने दीपेन्द्र विकलाई पक्राउ गरिएको हो । दुवैलाई इलाका प्रहरी कार्यालय मालाखेतीको नियन्त्रणमा राखिएको छ ।

उनीहरू घरमा प्रवेश गरेका बेला भट्ट धनगढीमा बिरामी भेट्न गएको स्वकीय सचिव हितेश ओझाले बताए । घरमा सहयोगीका रूपमा कार्यरत मनोज धामी र उनकी श्रीमती माया धामीलाई तिमीहरू र तिम्रो मन्त्रीलाई मारिदिन्छु भनेर धम्की दिएको ओझाले बताए ।

‘बिहान ८ बजेको समयमा म घरमा नभएको बेला घरमा आएर कहाँ छ ? मन्त्री त्यसलाई ठीक पार्छौं भन्दै धम्की दिएछन्,’ भट्टले भने, ‘म धनगढी रहेको अवस्थामा यस्तो घटना भएछ । मैले प्रहरी प्रशासनसँग सुरक्षा माग गरेको छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?