+
+

पाँचथरमा कांग्रेसका आङ्देम्बे र एमालेका नेम्बाङबीच तीव्र प्रतिस्पर्धा

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ६ गते १४:३२

पाँचथर । पाँचथरमा नेपाली कांग्रेसका उम्मेदवार भीष्मराज आङ्देम्बे र नेकपा एमालेका भीष्मराज आङदेम्बेबीच तीव्र प्रतिस्पर्धा देखिएको छ ।

७ हजार ४९० मतगणना हुँदा आङदेम्बेले ३२ मतले अग्रता लिएका छन् । यसअघि ६ हजार ३०३ मतगणना हुँदा नेम्बाङ १३ मतले अगाडि थिए ।

पछिल्लो गणनाअनुसार आङदेम्बेले ३ हजार २०६ मत प्राप्त गरेका छन् भने नेम्बाङले ३ हजार १७४ मत ल्याएका छन् । पाँचथरमा ७५ हजार ३५२ मत खसेको छ ।

२०७४ सालको निर्वाचनमा नेम्बाङले आङदेम्बेलाई पराजित गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?