+
+

गयानन्द मण्डल : जो सँग हारेका थिए, उसैको सहयोगमा निर्वाचित

हरि अधिकारी हरि अधिकारी
२०७९ मंसिर ६ गते २२:४३

६ मंसिर, विराटनगर । मोरङ-५ को प्रदेशसभा १ मा नेपाली कांग्रेस नेता गयानन्द मण्डल निर्वाचित भएका छन् ।

जसपा एमाले गठबन्धनबाट उम्मेदवार बनेका एमाले नेता सन्तोष साहलाई पराजित गर्दै बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार ७९ वर्षीय मण्डल बिजयी भएका हुन् । उनले १४ हजार ८ सय ३८ मत पाए । एमालेका उम्मेदवार सन्तोषकुमार साहले ९४०५ मत पाएका छन् । दुईबीचको मतान्तर ५ हजार ४ सय ३८ छ ।

सो क्षेत्रमा जनमत पार्टी उम्मेदवार अनिलकुमार झाले २ हजार ८ सय २७ मत पाए । राप्रपाकी उम्मेदवार सोनलकुमारी साहले १ हजार ९ सय २१ पाएकी छिन् ।

मण्डल यसअघि २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा नेकपा माओवादी केन्द्रका नेता शिवकुमार मण्डलसँग ८ मतले पराजित भएको थियो । यो पटक शिवकुमारकै सहयोगमा उनी बिजयी भएका हुन् ।

बाम लोकतान्त्रिक गठबन्धनबाट शिवकुमार प्रतिनिधिसभा सदस्यमा उम्मेदवार छन् । गयानन्द प्रदेशसभामा उम्मेदवार बनेका थिए । २०७० सालमा तत्कालीन ४ (हाल ५) बाट माओवादी उम्मेदवार मण्डलले ९ हजार ३६० मतसहित विजयी हुँदा कांग्रेस उम्मेदवार गयानन्द मण्डलले ९ हजार ३ सय ५२ मत पाएका थिए ।

लेखकको बारेमा
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?