+
+

उपेन्द्र यादवभन्दा सीके राउत दोब्बर बढी मतले अघि भएपछि जसपा कार्यकर्ताले रोके मतगणना

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ६ गते २३:१४

६ मंसिर, सप्तरी । जनता समाजवादी पार्टी नेपालका का अध्यक्ष उपेन्द्र यादव पछि परेपछि सप्तरी २ मा उनका कार्यकर्ताले मतगणना अवरुद्ध गरेका छन् ।

जसपाका प्रतिनिधिले मतपेटिकामा भएको सिल भेरिफिकेसन नभएसम्मका लागि मतगणना रोकि पाउँ भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिएका छन् ।

र उनीहरुले मतगणनास्थलमा नै धर्ना दिएका छन् । उनीहरुको धर्नाका कारण मतगणना रोकिएको छ ।

पछिल्लो पटक सार्वजनिक भएको विवरण अनुसार सप्तरी २ मा जनमत पार्टीका अध्यक्ष सीके राउतले २२ हजार २६० मत ल्याएका छन् ।

राउतभन्दा पछि परेका यादवको भने ११ हजार ३ सय २३ मत छ । यस्तै तेस्रो स्थानमा रहेका जयप्रकाश ठाकुरले ४ हजार ५६५ मत पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?