
६ मङ्सिर, रसुवा । रसुवामा मङ्गलबार राति सम्पन्न प्रदेशसभा (२)को प्रत्यक्षतर्फको मत परिणामअनुसार नेकपा (माओवादी केन्द्र)का इन्द्रप्रसाद गोतामे विजयी भएका छन् ।
उनले आठ हजार पाँच सय ३३ मत प्राप्त गरी विजयी भएकी मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । गोतामेका निकटतम् प्रतिस्पर्धी नेकपा (एमाले)का उम्मेदवार तेम्व्रेल तामाङले चार हजार ८४ मत प्राप्त गरे ।
सो क्षेत्रमा मतगणना सम्पन्न भई अन्तिम नतिजा घोषणा गर्ने तयारी भइरहेको छ । प्रदेशसभा (२)तर्फ १४ हजार पाँच सय ५८ मत खसेकामा तीन सय ५८ मत बदर भएको थियो ।
रसुवामा हालसम्म प्रतिनिधिसभा र प्रदेशसभातर्फ प्रत्यक्षको मतगणना सम्पन्न भइसकेको छ भने समानुपातिकतर्फको मतगणना भोलि बिहान ९ बजेदेखि सुरु गरिनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4