+
+

मोरङका ६ मध्ये तीन क्षेत्रमा सत्ता गठबन्धनको अग्रता

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ७ गते ११:०४

७ मंसिर, विराटनगर । मोरङका तीनवटा क्षेत्रमा सत्तारुढ गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन् । प्रतिनिधिसभामा ६ वटा निर्वाचन क्षेत्रमध्ये तीनवटामा सत्तारुढ गठबन्धनका उम्मेदवारले अग्रता लिएका हुन् । दुई क्षेत्रमा एमाले र एउटा क्षेत्रमा स्वतन्त्र उम्मेदवारले अग्रता लिएका छन् ।

क्षेत्र नम्बर ३, ४ र ६ मा गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन् । १ र २ मा नेकपा एमाले र ५ मा स्वतन्त्र उम्मेदवारले अग्रता लिएका छन् ।

मोरङ क्षेत्र नम्बर १ मा नेकपा एमाले उम्मेदवार घनश्याम खतिवडा ७ हजार २९ मतसहित अगाडि छन् ।  कांग्रेसका डिगबहादुर लिम्बू ६ हजार ४५८ मतसहित दोस्रो स्थानमा दुई उम्मेदवारबीचको मतान्तर ५७१ छ ।

मोरङ २  मा पनि एमालेका ऋषिकेश पोखरेल अगाडि छन् । ९ हजार ९६८ मतसहित अग्रता बनाएका छन् । नेपाली कांग्रेस उम्मेदवार सुजाता कोइराला ८ हजार ९०७ मतसहित पछ्याइरहेकी छन् ।

मोरङ क्षेत्र नम्बर ३ कांग्रेस उम्मेदवार सुनिल शर्माले अग्रता फराकिलो बनाएका छन् । पछिल्लो मत परिणाम अनुसार उनले १० हजार ७९५ मत पाएका छन् । एमालेका भानुभक्त ढकालले ६ हजार ४८८ मत पाएका छन् । राप्रपा उम्मेदवार रेखा थापा २ हजार ३५६ मतसहित तेस्रो स्थानमा छिन् ।

 मोरङ क्षेत्र नम्बर ४ मा अमनलाल मोदीको अग्रता फराकिलो छ । १७ हजार २१३ मतसहित मोदीले अग्रता बनाएका छन् । एमालेका विनोद ढकाल ९ हजार ३४८ मतसहित पछ्याइरहेका छन् ।

क्षेत्र नम्बर ५ मा एमालेका बागी उम्मेदवार योगेन्द्र मण्डलले अग्रता बढाएका छन् । पछिल्लो मत परिणाम अनुसार उनले १२ हजार ३५ मत पाएका छन् । माओवादी केन्द्रका उम्मेदवार शिवकुमार मण्डलले ९ हजार ११९ मत पाएका छन् । जसपा उम्मेदवार राजकुमार यादवले ८ हजार ४७० मतसहित पछ्याइरहेका छन् ।

क्षेत्र नम्बर ६ मा कांग्रेस उम्मेदवार डा. शेखर कोइरालाले अग्रता बढाउँदै लगेका छन् । पछिल्लो मत परिणाम अनुसार कोइरालाले ११ हजार १०९ मत प्राप्त गरेका छन् । पण्डितले ८ हजार ९५० मत प्राप्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?