+
+

दार्चुलाको प्रदेशसभामा कांग्रेस र माओवादी विजयी

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ७ गते ११:०८
बिक्रम सिंह धामी र मानबहादुर धामी

७ मंसिर, दार्चुला । दार्चुलामा प्रदेश सभा (क) मा नेपाली कांग्रेस र (ख) मा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् ।

एक मात्रै निर्वाचत क्षेत्र रहेको दार्चुलामा प्रदेशसभा (क) मा कांग्रेसका बिक्रम सिंह धामी र (ख)  मा माओवादी केन्द्रका मानबहादुर धामी निर्वाचित भएका हुन् ।

कांग्रेसका बिक्रम सिंह धामीले नेकपा एमालेका हरदेव जोशी र माओवादी केन्द्रका मानबहादुर धामीले एमालेकै रामदत्त जोशीलाई पराजित गरेका हुन् ।

कांग्रेसका बिक्रम सिंह धामीले १५ हजार १२७ मत ल्याउँदा उनका प्रतिस्पर्धी एमालेका हरदेव जोशीले १३ हजार ४५१ मत पाए ।

यस्तै माओवादी केन्द्रका मानबहादुर धामीले १७१७१ मत ल्याउँदा उनका प्रतिस्पर्धी रामदत्त जोशीले ११८५६ मत ल्याए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?