 
																			७ मंसिर, काठमाडौं । ओखलढुंगामा प्रदेशसभा (क) मा नेपाली कांग्रेस र (ख) मा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् ।
एक मात्रै निर्वाचन क्षेत्र रहेको ओखलढुंगामा प्रदेशसभा (क) मा कांग्रेसका प्रदीपकुमार सुनुवार र (ख) मा माओवादी केन्द्रका बाबुराम गौतम निर्वाचित भएका हुन् । कांग्रेसका सुनुवारले नेकपा एमालेका अम्बिकाबाबु गुरुङ र माओवादी केन्द्रका गौतमले एमालेकै ज्ञानबहादुर खड्कालाई पराजित गरे ।
कांग्रेसका सुनुवारले १४ हजार ९१६ मत ल्याउँदा उनका प्रतिस्पर्धी एमालेका गुरुङले १४ हजार ५५६ मत पाए । यस्तै माओवादी केन्द्रका गौतमले १५ हजार ७३८ मत ल्याउँदा उनका प्रतिस्पर्धी एमालेका खड्काले १४ हजार ६४० मत ल्याए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4