+
+

सप्तरीमा सीके राउतको जित सुनिश्चित

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ७ गते १३:३३

७ मंसिर, सप्तरी । सप्तरी क्षेत्र नं. २ मा जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सीके) राउतको जित सुनिश्चित भएको छ । गन्न बाँकी मतभन्दा बढी उनको मतान्तर भएकाले उनको जित निश्चित भएको हो ।

सप्तरी क्षेत्र नं. १ मा जनमत पार्टीका राउत र एमालेको समर्थनमा जसपा अध्यक्ष उपेन्द्र यादव प्रतिस्पर्धामा थिए । राउत यादवभन्दा दोब्बर बढी मतले अगाडि छन् ।

गणना जारी रहँदा राउतले ३१ हजार ९६३ मत पाएका छन्, जबकि उपेन्द्रको मत १५ हजार ५८६ छ । यो समाचार तयार पार्दासम्म यादव १६ हजार ३७७ मत अन्तरले पछि परेका छन् ।

लोसपाका जयप्रकाश ठाकुरको मत ६ हजार ३६२ छ । अब गन्न बाँकी मत करिब ६ हजार छ । त्यो सबै मत प्रतिस्पर्धीले पाए पनि सीके राउतको जित निश्चित छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?