+
+

विश्वकप फुटबल : क्रोएसिया मोरक्कोसँग बराबरीमा रोकियो

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ७ गते १७:५१

७ मंसिर, काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबल अन्तर्गत बुधबार भएको समूह एफको खेलमा साविक उपविजेता क्रोएसियाले मोरोक्कोसँग गोलरहित बराबरीमा रोकिएको छ ।

चार वर्षअघि रुसमा भएको विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्दै फाइनल पुगेको क्रोएसियाले कतारमा भने पहिलो खेलमै अंक बाँड्नु परेको हो ।

अफ्रिकन राष्ट्रविरुद्ध विश्वकपमा यसअघि दुई खेल खेल्दा दुवैमा विजयी भएको क्रोएसियाले मोरोक्को विरुद्ध भने गोल गर्न सकेन ।

अल बाoत स्टेडियममा भएको खेलमा दुवै टोलीले गोलका लागि अवसर बनाएपनि सदुपयोग गर्न सकेनन् । खेलमा क्रोएसियाले ६४ प्रतिशत बल पोसेसन राखेको थियो । तर लुका मोडरिचको टोलीले गोल गर्न भने सकेन ।

कतार विश्वकपमा बराबरी भएको यो चौथो खेल हो भने गोल नभएको तेस्रो खेल हो । यसअघि डेनमार्क र ट्युनिसिया तथा पोल्याण्ड र मेक्सिकोबीचको खेलमा पनि गोल भएको थिएन । अमेरिका र वेल्सले १-१ को बराबरी खेलेका थिए ।

यसै समूह अन्तर्गत मध्यराति पौने १ बजे बेल्जियम र क्यानडाबीच खेल हुनेछ ।

आजै समूह ई मा रहेका जर्मनी र जापानबीच पौने ७ बजे तथा स्पेन र कोस्टारिकाबीच राति पौने १० बजे खेल सुरु हुनेछ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?