+
+

चुनाव जितेपछि सीके राउतले भने- किसान मुद्दालाई प्राथमिकताका साथ उठाउँछौं

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ७ गते १८:५७

७ मसिंर, काठमाडौं । सप्तरी क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले किसानको मुद्दालाई प्राथमिकताका साथ उठाउने बताएका छन् ।

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई भारी मतान्तरले पराजित गर्दै उनी विजयी भएका हुन् ।

चुनाव जितेपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया राउतले भने, ‘हामी स्थानीय मुद्दा नै प्रमुख मुद्दा बनाउँछौं । किसानको समस्या हल गर्ने र शिक्षा स्वास्थ्यमा सुधार गर्ने विषय हाम्रो प्राथमिकतामा रहन्छन् ।’

राउतले सप्तरी जिल्लालाई एक वर्षभित्र पूर्ण साक्षर बनाउने, सबै जनतालाई स्वास्थ्यको पहुँचमा ल्याउने दाबी समेत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?