+

विश्वकप फुटबल : स्पेनको शानदार जित, कोस्टारिकाको पोष्टमा ७ गोल

२०७९ मंसिर  ७ गते २३:५४ २०७९ मंसिर ७ गते २३:५४
विश्वकप फुटबल : स्पेनको शानदार जित, कोस्टारिकाको पोष्टमा ७ गोल

७ मंसिर, काठमाडौं । कतारमा जारी फिफा विश्वकप अन्तर्गत समूह इको खेलमा स्पेनले कोस्टारिकालाई ७-० को फराकिलो अन्तरले पराजित गरेको छ ।

विश्वकपमा स्पेनको यो अहिलेसम्मको सबैभन्दा ठूलो जित हो । साथै यस विश्वकपको पनि यो फराकिलो जित हो ।

अल थुमामा स्टेडियममा बुधबार राति भएको खेलमा स्पेनलाई फराकिलो जित दिलाउने क्रममा युवा खेलाडीहरुले उत्कृष्ट प्रदर्शन गरे । फेरान टोरेसले दुई गोल गरेको खेलमा ६ फरक खेलाडीले गोल गरे । फेरानले ३१औं र ५४औं मिनेटमा गोल गरे ।

डानी ओल्मोले ११औं र मार्को असेन्सिओले २१औं मिनेटमा गोल गरेका थिए ।

यस्तै गावीले ७४औं मिनेटमा गोल गरे । १८ वर्षीय गावी विश्वकपमा गोल गर्ने स्पेनको सबैभन्दा कान्छा खेलाडी बने भने समग्रमा पेले र मानुएल रोसासपछि तेस्रो कान्छा खेलाडी बने ।

यतिमै स्पेन रोकिएन । वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका कार्लोस सोलरले ९०औं र अल्भारो मोराटाले इन्जुरी टाइममा गोल गरेपछि स्पेनले फराकिलो जित निकालेको हो ।

सन् २०१० को च्याम्पियन स्पेनले पहिलो खेलमै फराकिलो जित निकाल्दै उपाधि दाबेदारी पेश गरेको छ । यसै समूहमा रहेको पूर्व च्याम्पियन जर्मनी भने पहिलो खेलमै जापानसँग पराजित भएको छ ।

विश्वकप फुटबल स्पेन
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय