+
+

गोरखा १ मा कांग्रेसका बजगाईं विजयी

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ८ गते ७:३९

८ मंसिर, गोरखा । गोरखा निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका राजेन्द्र बजगाईं विजयी भएका छन् । निकटतम प्रतिस्पर्धी नेकपा एमालेका रामशरण बस्नेतलाई फराकिलो मतान्तर १६ हजार ६४३ मतले पराजित गर्दै बजगाईं विजयी भएका हुन् ।

बजगाईंले ३३ हजार ४२८ मत ल्याउँदा बस्नेतले १६ हजार ७८५ मत मात्र प्राप्त गरेका छन् । सो क्षेत्रमा कुल ६० हजार २८२ मत खसेको थियो ।

२०७४ सालको निर्वाचनमा बस्नेतसँग प्रदेशसभा सदस्यमा हारेका बजगाईंले यसपटक गठबन्धनको आडमा तिनै बस्नेतलाई भारी मतान्तरले हराएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?