+
+

रेविका सुनार बनिन् वेस्टर्न युनियनको सुनपति योजनाको विजेता 

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ८ गते १४:२७

काठमाडौं । नेपाल वेस्टर्न युनियन मनी ट्रान्सफरका प्रमुख एजेन्टहरुले सञ्चालन गरेको दशैं लक्षित सुनपति अभियानको विजेता घोषणा गरिएको छ । बम्पर लक्की ड्र मार्फत उक्त योजनाको विजता रेविका सुनुवार बनेकी छन् । कम्पनीका अनुसार विजेताले १० तोला सुन जितेकी छन् ।

वेस्टर्न युनियनका सुपर एजेन्टहरु, एटीटी रेमिट, सीजी फिन्को, डिजिटेक, हुलास रेमिट्यान्स, माया रेमिट, नबिल बैंक र सूर्य रेमिटका प्रतिनिधिहरुका बीच काठमाडौंमा आयोजित कार्यक्रममा विजेताको नाम घोषणा गरिएको हो ।

नेपालमा २५ वर्षभन्दा बढी समयदेखि रेमिट्यान्स सेवा प्रदान गर्दै आएको वेस्टर्न युनियनले दशैँ, तिहार र छठलाई लक्षित गरी ‘दस तोला सुनपति, दस हप्तासम्म उपहार कति कति’ अभियान सुरु गरेको थियो । १० तोला सुनबाहेक भाग्यशाली विजेताहरुले प्रत्येक हप्ता, दस हप्तासम्म ‘लक्की ड्र’ बाट १० दस जनाले चाँदीका सिक्का, मिक्सर ग्राइन्डर र इन्डक्सन चुलो पनि जितेका छन् । अभियानमा अहिलेसम्म ३ सय विजेताले उल्लेखित पुरस्कारहरु प्राप्त गरेका छन् ।

वेस्टर्न युनियनले सन् १९९६ देखि विश्वका २०० देशहरुबाट पैसा पठाउन र नेपालमा प्राप्त गर्ने सेवा दिदैँ आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?