+
+

चितवन-१बाट समाजवादीका खनाल प्रदेशसभा सदस्यमा विजयी

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ८ गते १६:२४

८, मंसिर, चितवन । नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य कृष्ण खनाल चितवन क्षेत्र नं. १ ( ख) बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका छन् । गठवन्धनबाट उम्मेदवार बनेका खनाल जितेर समाजवादीले आˆनो उपस्थितीलाई जिल्लामा कायमै राखेको छ ।

खनालले एमालेका प्रकाश खनाल ‘शैलेस’ लाई पराजित गरे । पाँच दलीय गठबन्धनका खनालले १५ हजार ५०७ मत ल्याउँदा शैलेसले १४ हजार ७६८ मत ल्याउन सके । निर्वाचित खनाल बाग्मती प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्री समेत हुन् । उनी २०७४ को निर्वाचनमा एमालेबाट सोही क्षेत्रमा प्रदेश सांसद निर्वाचित भएका थिए ।

त्यस्तै सोही क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टीका बलराम शर्मा खनालले एक हजार ४१९, कांग्रेसबाट बागी उठेका स्वतन्त्र उम्मेदवार राममणि न्यौपानेले सात हजार ५१९ मत ल्याए । ७३ हजार ८ सय ३० मतदाता रहेको यो क्षेत्रमा ५१ हजार १ सय ३२ मत खसेको थियो । त्यसमा १९४३ मत बदर भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?