+
+

सिरहा-४ बाट जसपाका बिरेन्द्र महतो निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ९ गते १०:२१

९ मंसिर, सिरहा । सिरहा-४ बाट जनता समाजवादी पार्टीका उम्‍मेदवार बिरेन्द्र प्रसाद महतो प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।

निकटतम् प्रतिस्पर्धी जनमत पार्टीका वीरेन्द्र प्रसाद साहलाई ७ हजार ८०८ मतान्तरले हराउँदै महतो निर्वाचित भएका हुन् ।

जसपाका महतोले २४ हजार १०२ मत पाउँदा जनमत पार्टीका साहले १६ हजार २९४ मत ल्‍याए ।

यस्तै एकीकृत समाजवादी पार्टीका धर्मनाथ प्रसाद साहले १४ हजार ६५३ मत, राष्ट्रिय स्वतन्त्र पार्टीका १ हजार ६८३ मत र राष्ट्रिय प्रजातन्त्र पार्टीका नगीना कुमारी झाले १ हजार ७३ मत ल्याइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?