+
+

उदयपुरबाट प्रदेश सभामा कार्की विजयी

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ९ गते १८:४१

९ मंसिर, उदयपुर । उदयपुर १ को प्रदेश सभा २ मा  नेपाली कांग्रेसका हिमाल कार्की निर्वाचित भएका छन् ।

उनले निकटतम प्रतिद्वन्द्वी एमालेका ईश्वरमणि राउतलाई २१५ मतान्तरले हराएका हुन् ।

विजयी कार्कीले १४ हजार ९७९ मत पाए भने राउतले १४ हजार ७६४ मत पाए ।

२ हजार ९१० मत पाउँदै राप्रपाका ज्ञानबहादुर राई तेस्रो भए ।

कार्की २०७४ मा पनि निर्वाचित भएका थिए । कार्कीले त्यतिवेला वामगठबन्धनबाट उमेद्वार बनेका माओवादी केन्द्रका रामबहादुर थापा मगरलाई पराजित गरेका थिए ।

यसपटक सत्तागठबन्धनबाट उमेद्वार बनेका कार्की प्रदेश १ सरकारका सडक पूर्वाधार तथा शहरी विकास मन्त्री समेत हुन् । कार्की कांग्रेसका उदयपुर जिल्ला सभापति समेत हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?